राष्ट्र बैंकको निर्देशन कार्यान्वयन २ महिना पछि सर्यो, झाँक्रीको संयोजकत्वमा अध्ययन उपसमिति गठन

  २०७६ साउन २९ गते १४:१९     विकासन्युज


काठमाडौँ । पूँजी बजार तथा मुद्रा बजारको अध्ययन गर्न उपसमिति गठन भएको हो । प्रतिनिधि सभा अन्तरगत अर्थ समितिको बुधबार बसेको बैठकले सांसद रामकुमारी झाँक्रीको संयोजकत्वमा ५ सदस्यीय उपसमिति गठन गरेको हो । उपसमितिमा सांसद प्रमिला राई, मेटमणी चौधरी, रामबाबु कुमा यादव र हेमकुमार राई रहेका छन् ।

उपसमितिले २ महिनाभित्र समग्र पूँजी बजार तथा मुद्रा बजारको अध्ययन गरी प्रतिवेदन पेश गर्ने बैठकपछि संयोजक झाँक्रीले बताइन् ।

२ महिनाको समय दिएर अर्थ समितिले उपसमिति गठन गरेपछि गत २० गते नेपाल राष्ट्र बैंकले जारी गरेको पछिल्लो निर्देशनमा उल्लेख बैंक तथा वित्तीय संस्थाका सीईओ र सञ्चालकको उमेर हद, बैंक तथा वित्तीय संस्थाले सहायक कम्पनी खोलेर धितोपत्र कारोबार गर्न पाउने जस्ता निर्देशनको कार्यान्वयन २ महिनाका लागि पछि सरेको छ ।

१९ बाणिज्य बैंकहरुले राष्ट्र बैंकबाट धितोपत्र कारोबारका लागि स्वीकृति पाएपनि नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से)ले स्वीकृति नदिंदा कारोबार गर्न पाइरहेका थिएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.