सवारी साधन र उपकरण आयातमा ९१ अर्ब रुपैयाँ विदेशियो, धेरै चल्छन् भारत र चीनका गाडी

  २०७६ साउन २९ गते ११:४९     राजाराम न्यौपाने

काठमाडौं । एक वर्षको अवधिमा झण्डै १ खर्ब रुपैयाँका गाडी र तिनका उपकरणहरु नेपालमा आयात भएको छ ।

भन्सार विभागको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०७५/७६ मा ९१ अर्ब १७ करोड ९९ लाख ४० हजार रुपैयाँ बराबरको गाडी, मोटरसाइकल र पार्टसहरु आयात भएको हो । गाडी आयात हुँदा गत आवमा ८ अर्ब ३४ करोड १४ लाख ५१ हजार राजश्व संकलन भएको छ ।

विभागको तथ्याङ्क अनुसार ४८ अर्ब ५५ करोड ७९ लाख ६७ हजारको विभिन्न मोडलका ८४ हजार २९४ वटा गाडी आयात भएको छ ।

नेपालमा सबै भन्दा धेरै गाडी भरत र चीनबाट आयात भएका छन् । भारतबाट मात्रै ३९ अर्ब ६० लाखको विभिन्न मोडलका ६७ हजार २८२३ वटा गाडी आयात भएको हो । चीनबाट १ अर्ब ३९ करोड ७९ लाख ४८ हजार रुपैयाँका विभिन्न मोडलका १८ हजार ९९९ वटा गाडी आयात भएको छ ।

नेपालमा भारत, चीन, जापान, जर्मन र कोरिया लगायतका देशबाट गाडी आयात हुने गरेको छ । तयारी गाडी आयात हुँदा सरकारले ५२ अर्ब ५५ करोड ७० लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

अघिल्लो आव २०७४/७५ मा गाडी, मोटरसाइकल र तिनका पार्टस गरी ८६ अर्ब ३१ करोड ५३ लाख ९३ हजार विभिन्न देशबाट आयात भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.