सनराइज बैंकको नाफा १ अर्ब ७० करोड, प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ

  २०७६ साउन २९ गते ११:४१     विकासन्युज

काठमाडौं । सनराइज बैंकको नाफा १ अर्ब ७० करोड पुगेको छ । बैंकले गत आर्थिक वर्ष २०७५/७६ मा गरेको नाफा अघिल्लो आर्थिक वर्ष २०७४/७५ को तुलनामा १५.५८ प्रतिशतले बढी हो । बैंकले गएको आवमा १ अर्ब ४७ करोड नाफा आर्जन गरेको थियो । बैंकको विवतरण योग्य नाफा भने १ अर्ब ११ करोड रहेको छ ।

बैंकले गत आर्थिक वर्षको नाफाबाट १३.६१ प्रतिशत लाभांश वितरण गर्न सक्छ । बैंकले गएको आवमा ३ अर्ब ५९ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी २ अर्ब ८७ करोड रहेको थियो । बैंकको संचालन मुनाफा पनि बढाएको छ ।

गत आवमा बैंकको यस्तो मुनाफा भने २ अर्ब ६० करोड रहेको छ । अघिल्लो आवमा यस्तो नाफा २ अर्ब चार करोड रुपैयाँ थियो ।
असार मसान्तसम्म बैंकले ७५ अर्ब ४३ करोड निक्षेप संकलन गरेर ६८ अर्ब ८७ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.०३ प्रतिशतमा रहेको छ । सीडी रेसियो ७५.५७ प्रतिशत रहेको छ ।

बैंकको चुक्ता पुँजी ८ अर्ब १५ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) २ अर्ब ५८करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी २०.९४ रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेडदर ४.४४ प्रतिशत कायम रहेको छ भने बैंकका बेसरेट १०.३२ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ७.३३ प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १५१.४७ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता २४८ रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.