सुनको मूल्य घट्यो, प्रतितोला ७० हजार ३ सयमा बिक्री

  २०७६ साउन २९ गते ११:०४     विकासन्युज

काठमाडौं । मंगलबारको तुलना बुधबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

पछिल्लो समय सुनको मूल्य निरन्तर वृद्धि भएसँगै मंगलबार हालसम्मकै उच्च मूल्य ७१ हजारमा कारोबार भएको सुन बुधबार प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै तेजावी सुन प्रतितोला ७० हजारमा कारोबार भईरहेको छ भने चाँदी प्रतितोला ८२० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.