स्ट्याण्डर्ड चार्टर्डको नाफा २ अर्ब ४९ करोड

  २०७६ साउन २९ गते १०:५७     विकासन्युज

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले गएको नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा २ अर्ब ४९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा १४.२२ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा २ अर्ब १८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ३ अर्ब ५२ करोड खुद ब्याज आम्दानीमा गरेको छ । अघिल्लो आवमा यस्तो आम्दानी ३ अर्ब २९ करोड रहेको थियो । बैंकको संचालन मुनाफा भने ३ अर्ब ४८ करोड रहेको छ ।

असार मसान्तसम्म बैंकले ७५ अर्ब ७३ करोड निक्षेप संकलन गरेर ५३ अर्ब ११ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.१५ प्रतिशतमा सीमित रहेको छ । सीडी रेसियो ७३.१३ प्रतिशत रहेको छ । बैंकका बेसरेट ७.६३ प्रतिशत रहेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकको चुक्ता पुँजी ८ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको जगेडा कोष(रिजर्भ फन्ट) ५ अर्ब १७ करोड रहेको छ । बैंकको प्रतिसेयर आम्दानी ३१.१५ रुपैयाँ रहेको छ ।

बैंकको स्प्रेडदर ४.४५ प्रतिशत कायम रहेको छ भने बैंकले बेसरेट(आधार ब्याजदरं ७.६३ प्रतिशत रहेको छ । बैंकको कस्ट अफ फण्ड भने ५.५० प्रतिशत रहेको छ । बैंकको प्रतिसेयर नेटवथ १८७.०८ रुयैयाँ रहेको छ । बैंकको सेयर मूल्य प्रतिकित्ता ६५५ रूपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.