नविल बैंकको नाफा ४ अर्ब २९ करोड

  २०७६ साउन २९ गते १०:०८     विकासन्युज

काठमाडौं । नविल बैंकको गएको आर्थिक वर्ष २०७५/७६ मा ४ अर्ब २९ करोड नाफा कमाएको छ । बैंकले सो अवधिमा कमाएको नाफा करिब ८ प्रतिशतले बढी हो । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ३ अर्ब ९८ करोड नाफा गरेको थियो । बैंकले गएको आवमा ७ अर्ब ३३ करोड खुद ब्याज आम्दानीमा गरेको छ । बैंकको संचालन मुनाफा ६ अर्ब ८ करोड रहेको छ ।

असार मसान्तसम्म बैंकले १ खर्ब ६४ अर्ब निक्षेप संकलन गरेर १ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.७४ प्रतिशत र सीडी रेसियो ७२.९० प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ८.०९ प्रतिशत रहेको छ ।

नविल बैंकको चुक्ता पुँजी ९ अर्ब १ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ९ अर्ब ३३ करोड रहेको छ । नविलको प्रतिसेयर आम्दानी भने गएको आवमा घटेको छ । बैंकको अघिल्लो आवमा प्रतिसेयर आम्दानी ४९.५१ रुपैयाँ थियो भने गएको आवमा यस्तो आम्दानी ४७.६५ रुपैंयाँ पुगेको छ ।

बैंकको स्प्रेडदर ४.४३ प्रतिशत कायम रहेको छ भने बैंकले आधार ब्याजदर ८.०९ प्रतिशत छ । बैंकको कस्ट अफ फण्ड भने ६.१३ प्रतिशत रहेको छ । बैंकको साधारण सेयर मूल्य प्रतिकित्ता ८ सय रूपैयाँ छ भने प्रवद्र्धक सेयर मूल्य ७७२ रुपैयाँ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.