पठाओले ल्यायो नयाँ ‘कार लाईट’ सेवा

  २०७६ साउन २८ गते १७:५६     विकासन्युज

काठमाडाैं । विगत एक वर्षदेखि काठमाडौं उपत्यकामा मोटर साइकल मार्फत यात्रुहरुलाई सेवा दिदै आएको पठाओले अब ट्याक्सी मार्फत पनि सेवा दिने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गर्दै कम्पनीले गत शुक्रबारबाट ट्याक्सीमार्फत पनि सेवा शुरु गरी सकेको बताएको हो ।

ट्याक्सी सेवा पनि पठाओ एप्लिकेशन मार्फत नै शुरु गरिएको कम्पनीले जनाएको छ । पहिलो चरणममा ३ सय ट्याक्सीबाट सेवा शुरु गरिएको जनाइएको हो । कम्पनीका अनुसार मोवाइलमा पठाओ एप डाउनलोड गरेर मोटरसाइकललाई आफुले चाहेको ठाउँमा बोलाए जस्तै ट्याक्सीलाई पनि बोलाउन सकिनेछ । यसको भाडादर सरकारले तोके बमोजिम नै हुने बताइएको छ ।

पठाओ नेपाल प्रा.लिका क्षेत्रिय निर्देशक असिममान सिंह बस्न्यातले सरकारको निति नियमलाई आत्मसाथ गरेर कम्पनी अगाडी बढेको बताउँदै यो सेवाले पर्यटकहरुलाई पनि टेवा पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.