लुम्बिनी विकास बैंकको साधारण सभा, १७ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित

  २०७६ साउन २८ गते १७:३६     विकासन्युज


काठमाडौँ । लुम्बिनी विकास बैंक लि.को ११औं वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ । बैंकका अध्यक्ष शुशिलराज पराजुलीको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभाले संचालक समितिको तर्फबाट अध्यक्ष पराजुलीले प्रस्तुत गरेको प्रतिवेदन, आव २०७४/७५ असार मसान्त सम्मको वासलात, नाफा नोक्सान हिसाव र सोही अवधीको नगद प्रवाहको विवरण लगायतका अनुसूचीहरु पारित गरेको छ ।

यस साधारण सभाले आफ्ना शेयरधनीहरुलाई चुक्ता पूँजीको १७.०७ प्रतिशत वोनस सेयर वितरण गर्ने निर्णय समेत पारित गर्यो । उक्त बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २ अर्ब ५८ करोड ६९ लाख पुगेको छ ।

बैंकले २०७६ असार मसान्तसम्ममा २४ अर्ब ८० करोड निक्षेप संकलन गरी २२ अर्ब ७६ करोड कर्जा प्रवाह गर्नुका साथै आ.व. २०७५/०७६ को असार मसान्तसम्ममाको अपरिष्कृत वित्तीय विवरण अनुसार वोनस र कर अघि ९३ करोड ६० लाख मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।

देशभरका ६५ शाखाहरु र १३ वटा एटिएमबाट आफ्ना करिब २ लाख ४० हजार ग्राहकलाई बैंकिङ्ग सेवा प्रदान गर्दै साधारण सभामा बताइयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.