रेडक्रसको वार्षिक साधरणसभामाथि सिडिओ कार्यलयको हस्तक्षेप, अनिश्चितकालको लागि स्थगित

२०७६ साउन २८ गते १७:३४ विकासन्युज

काठमाडौं। नेपाल रेडक्रस सोसाइटीको वार्षिक साधरणसभा स्थगित भएको छ। साउन २८ गते हुने भनिएको रेडक्रसको वार्षिक साधारणासभा काठमाडौं सिडिओ कार्यलयको निर्देशनात्मक पत्र आएको कारण स्थगित भएको हो।

रेडक्रसमाथि केही समय देखी भ्रष्ट्राचार मुद्दा चलिरहेको छ। मुद्दा चलिरहेको अवस्थामा यस अधि पनि नेरसाको धरानमा हुने भनिएको बैशाख २२ गतेको महाधिवेशन पनि अन्तिम समयमा आएर रोकिएको थियो। त्यससमय पनि काठमाडौं सिडिओ कार्यलयकै निर्देशिकामा महाधिवेशन र निर्वाचन स्थागित भएको हो।

संस्थाको महत्वोपूर्ण कामलाई रोकिएको भन्दै त्यसबेला रेड्क्रसले वैधानिक माध्यमबाट निर्वाचन गरिपाउनको लागि सर्वाच्च अदालतमा रिट निवेदन दिएको थियो। अदालतमा सुनुवाई हुने क्रममा रहेको अवस्थामा सिडिओ कार्यलयले रेडक्रसको निर्वाचित निकायलाई भंग गरी तदर्थ समिती बनाईदिएको नेपाल रेडक्रस सोसाईटीका अध्यक्ष सन्जिव थापाले बताए। उनी भन्छन्,’यस्तो निर्णय मन्त्री आफैले मात्र त लिन पाउँदैन तर सिडिओ कार्यलयले कसरी निर्णय गर्यो।’

सिडियोको यस्तो निर्णय आईसकेपछी नेरेसोले फेरी अदालतलाई फेरी एकपटक आग्रहगरे पछि अदालनले अन्तिम फैसला नभएसम्म पुरानै कार्यसमितीमा बसेर काम गर्ने आदेश दिएर पठाएको थियो। तर फेरी साउन २६ गते आईतबार सिडियोले तत्काल २४ घण्टा भित्र साधारणसभा स्थगिर गर्न आदेश पत्र पठाउँदै कारबाही गर्ने चेतावनी समेत दिएको छ।

अध्यक्ष थापा भन्छन्,’ यसरी रेडक्रसको महत्वोपूर्ण कार्यक्रमहरु स्थागित हुँदा बजेटहरु स्पस्ट नहुने र रेडकर्सको दिनहुँ हुने कार्यक्रममा असर पुर्याउँछ। भोली यदी तत्काल बाढी पहिरो आए रेडक्रसले कसरी आफ्नो काम गर्ने? यसले ठुलो समस्या लिएर आउँछ।’ बजेट व्यवस्था ]पन नहुँदा कामहरु ठप्प हुने उनले बताए।

यस्तै नेपाल रेडक्रस माथि ठुलो राजनितिक चलखेल भईरहेको नेपाल रेडक्रस सोसाइटीका महामन्त्री देव रत्नले बताए। उनले रेडक्रस माथिको निरन्तर हस्तक्षेपले संस्थाको छविमा असर पुर्याएको बताए।

रेडक्रसको माथि लागेको भ्रष्ट्राचार मुदालाई लिएर संस्था भित्र कार्यसमिती गठन भएर अध्ययन भईरहेको छ भने सरकारको तर्फबाट पनि अनुसन्धान कै क्रममै रहेको छ।