सौराहामा महालक्ष्मीले गर्यो राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम

  २०७६ साउन २८ गते १४:३८     विकासन्युज


काठमाडौँ । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले चितवनको सौराहामा आयोजना गरेको दुई दिने राष्ट्रिय अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।

साउन २५ र २६ गते सम्पन्न उक्त कार्यक्रमको कम्पनीका प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले उद्घाटन गरेका थिए । कम्पनीले तोकेको व्यवसायिक लक्ष्य पूरा गरेका देशभरिका ११५ जना अभिकर्ता र एजेन्सी मेनेजरहरु कार्यक्रममा सहभागी थिए । उक्त अवसरमा व्यक्तिगत अभिकर्ता र एजेन्सी मेनेजरहरु मध्ये उत्कृष्ट १५–१५ जनालाई विशेष सम्मान गरिएको थियो । कार्यक्रमको दोस्रो दिन नेतृत्व विकास र व्यवसाय वृद्धि सम्बन्धि शोभा खरेलले उत्प्रेरणात्मक तालिम प्रदान गरेकी थिइन् ।

२०७६ असार मसान्त सम्ममा कम्पनीले ४७ वटा शाखा र उपशाखा तथा २५ करोड भन्दा वढी बीमा शुल्क संकलन गरेको जनाएको छ । यो आर्थिक वर्ष भित्र कम्पनीले थप ५० वटा शाखा र उपशाखा खोली १ अर्ब भन्दा वढी बीमा शुल्क संकलन गर्ने लक्ष्य राखेको सिईओ भट्टराईले बताए । कम्पनीले छिट्टै प्रविधिमा आधारित टेबलेट इन्सुरेन्सको कार्यक्रम संचालन गर्न लागेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.