भदौ १० देखि १४ गतेसम्म तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला हुँदै

  २०७६ साउन २८ गते १४:०७     विकासन्युज

काठमाडौं । नेपाली महिलाहरुको महान चाड तीजको अवसर पारेर राजधानीमा ‘१२ औं तीज मेला तथा अन्तराष्ट्रिय व्यापार मेला २०७६’ आयोजना हुने भएको छ ।

राजधानीको त्रिपुरेश्वरस्थित यूनाइटेड वल्र्ड ट्रेड सेन्टरमा भदौ १० देखि १४ गतेसम्म आयोजना हुने मेलाको तयारी पूरा भएको इभेन्ट म्यानेजर इन्ट्रोडक्सन ट्रेड शो नेपाल प्रालिले जनाएको छ । मेलाको आयोजकमा विगतमा जस्तै डिइसीसी नेपाल रहेको छ ।

यो मेलामा यो वर्ष काठमाडौंमा १०० भन्दा बढि कम्पनी, संघ, संस्थाहरुको सहभागीता हुनेछ भने पचास हजारभन्दा बढी मानिसहरुले प्रत्यक्ष अवलोकन गर्ने आयोजकको अपेक्षा छ ।

यो इभेन्ट उत्पादन र सेवाको व्यवसायीकरण गर्ने मात्र नभई महिला उद्यमीहरुलाई अग्रपंक्तिमा उभ्याएर समग्र नेपाली अर्थतन्त्रको समृद्धिमा केन्द्रित हुने जनाइएको छ । यसपाली अन्तराष्ट्रिय व्यापार मेलाको रुपमा यसलाई अगाडि बढाइएको र भारत, पाकिस्तान, बंगलादेश तथा अन्य देशका स्टलहरु पनि मेलामा रहने छन् ।

प्रदर्शनीलाई आकर्षक र मनोरञ्जक बनाउनका लागि फ्रि फोटो सुट, लक्कि ड्र, डोर प्राइज, निःशुल्क स्वास्थ्य जाँच तथा परामर्श, निःशुल्क मेहन्दी लगाउने कार्यक्रम, निःशुल्क कपाल कटिङ कार्यशाला, बालबालिकाहरुका लागि गेमिङ्ग जोन, लाइभ म्यूजिक एण्ड कल्चर प्रोग्राम लगायतका कार्यक्रम राखिएको छ ।

प्रर्दशनीमा विभिन्न व्यवसायिक कम्पनी संघ संस्थाहरुसँग सम्पर्क विस्तार र व्यवसाय बृद्धिको लागि छुट्टै प्लेटफर्म तयार पारिएको छ भने महिला उद्यमशीलताको लागि सेमिनारको कार्यक्रम पनि राखिएको छ ।

मेलामा अन्तराष्ट्रिय स्टलहरु हुने भएकाले अवलोकनकर्ताहरुले नेपाली सामान मात्र नभई विदेशी उपभोग्य सामानहरु सही मूल्यमा पाउने जनाइएको छ । नेपाल चेम्बर अफ कमर्शले सहयोग गरेको मेलामा पाकिस्तानबाट १२, भारतबाट १२, बंगलादेशबाट १२ तथा नेपालीहरुको तीज विशेष ७० वटा गरेर १०६ स्टल रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.