गरिमाको नाफा ५९ करोड २२ लाख, प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ

  २०७६ साउन २८ गते १२:२५     विकासन्युज

काठमाडौं । गरिमा विकास बैंक गत आर्थिक वर्षमा ५९ करोड २२ लाख रुपैयाँ खुद नाफा गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्ष २०७४/७५ मा ४६ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । बैंक गत आवमा कमाएको नाफा २६.३२ प्रतिशतले बढी हो ।

बैंकले गएको आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब ४० करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८५ करोड ६६ लाख रहेको छ ।
असार मसान्तसम्ममा बैंकले ३३ अर्ब १३ करोड निक्षेप संकलन गरेर २८ अर्ब २० करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत र सीडी रेसियो ७७.९१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०९ प्रतिशत रहेको छ ।

गरिमाको चुक्ता पुँजी २ अर्ब ७८ करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट ४९ करोड रहेको छ । गरिमाको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १३५.४६ पैसा छ । बैंकको प्रतिकित्ता सेयर मूल्य  २२४ रूपैयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.