लुम्बिनी विकास बैंकको नाफा पौने ५६ करोड, सयेरधनीले आजै १७.०७५ बोनस सेयर पाउने

  २०७६ साउन २८ गते १०:३०     विकासन्युज

काठमाडौं । लुम्बिनी विकास बैंकले गत आर्थिक वर्षमा उत्साहजनक रूपमा नाफा आर्जन गरेको छ । बैंकले आर्थिक वर्ष २०७५/७६ मा ५५ करोड ७३ लाख रुपैयाँ खुद मुनाफा गरेको छ । बैंककाे याे नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा करिव ७३ प्रतिशतले बढी हो । अघिल्लो वर्ष बैंकले ३२ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले गएको आवमा खुद ब्याज आम्दानीमा सुधार गरेर एक अर्ब १३ करोड पुर्याएको छ । बैंकको संचालन मुनाफा ८४ करोड २६ लाख रहेको छ ।

असार मसान्तसम्ममा बैंकले २४ अर्ब निक्षेप संकलन गरेर २२ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । बैंकको खराब कर्जा १.७५ प्रतिशत र सीसीडी रेसियो ७७.६१ प्रतिशत रहेको छ । बेसरेट भने बैंकको ११.०२ प्रतिशत रहेको छ ।

गत वर्ष बैंकको वितरण योग्य नाफा पनि २८ करोड ५१ लाख ९ हजार रुपैयाँ छ । लुम्बिनीको चुक्ता पुँजी २ अर्ब २० करोड रुपैयाँ रहेको छ । बैंकको रिजर्भ फन्ट १ अर्ब २१ करोड रहेको छ । लुम्बिनीको प्रतिसेयर आम्दानी २६.६९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १७४.०६ पैसा छ । बैंककाे सेयर मूल्य प्रतिकित्ता १७५ रूपैयाँ छ ।

बैंकले आर्थिक वर्ष २०७४/७५ काे वार्षिक साधारणासभा गर्नै लागेकाे दिन गत आवकाे वित्तिय विवरण प्रकाशित गरेकाे हाे । बैंकको आज  गते हुने सभाले १७.०७५ बोनस सेयर दिने प्रस्ताव पारित गर्दैछ । बोनस वितरण पछि भने यसको चुक्ता पुँजी २ अर्ब ५८ करोड पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.