एनसेल र धुलिखेल हस्पिटलबीच टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्सका लागि सम्झौता

  २०७६ साउन २७ गते २०:००     विकासन्युज


काठमाडौं । एनसेल प्राईभेट लिमिटेडले धुलिखेल हस्पिटलसँग टेलिमेडिसिन र हेल्थ इन्फर्मेटिक्स कार्यक्रम संचालन गर्नका लागि सम्झौता गरेको छ ।

प्रविधि तथा तथ्याङ्कमा आधारित स्वास्थ्य सेवा प्रदान गर्ने विधि अपनाई ग्रामिण, दुरदराजका सेवाबाट बञ्चित समुदायहरुलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमको उदेश्य हो ।

एनसेलले टेलिमेडिसिन उपकरण र सेवा प्रवाहका लागि आवश्यक कनेक्टिभिटी पूर्वाधार निर्माण गरी धुलिखेल हस्पिटललाई हस्तान्तरण गर्नेछ । यसका साथै दुई वर्षका लागि यो कार्यक्रमको संचालन गर्न आवश्यक पर्ने अन्य स्थानिय आपुर्ति र सेवाहरु खरिदका लागि एनसेलले आर्थिक सहायतापनि धुलिखेल हस्पिटललाई प्रदान गर्नेछ ।

धुलिखेल हस्पिटलका तर्फबाट मानव संसाधन जस्तै चिकित्सक र परामर्शदाता लगायत कार्यक्रम संचालनका लागि आवश्यक अन्य सहयोगहरु प्रदान जनाइएको छ ।

एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डि चोङ्ग र धुलिखेल हस्पिटलका निर्देशक डा. रमेश मकाजुले सोमबार टेलिमेडिसिन र हेल्थकेयर इन्फर्मेटिक्स् कार्यक्रम संचालन गर्न सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.