पछि हट्यो धादिङको रोराङ वेनीघाट गाउँपालिका, हुवासिनले जग्गा नपाउने

२०७६ साउन २७ गते १९:३३ विकासन्युज


काठमाडौँ । हुवासिन सिमेन्टलाई ५० वर्षसम्म सार्वजनिक जमिन भोगाधिकार गर्न दिने निर्णय धादिङको रोराङ वेनीघाट गाउँपालिकाले खारेज गरेको छ ।

आइतबार लेखा समितिको बैठकले गाउँ पालिकाले गरेको निर्णय खारेज गराउन सरकारलाई निर्देशन दिएको थियो । यसअघि रोराङ वेनीघाट गाउँपालिकाले हुवासिन सिमेन्टलाई १ सय ६९ रोपनी जग्गा पचास वर्ष भाडामा दिने निर्णय गरेको थियो ।

हुवासिन सिमेन्टलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न सरकारलाई लेखाको निर्देशन