कामना सेवाले विधार्थीलाई बाँड्यो स्कूल झोला

  २०७६ साउन २७ गते १८:३५     विकासन्युज


काठमाडौँ । कामना सेवा विकास बैंकले रुपन्देही जिल्ला वुटवल ६ स्थित तिलोत्तमा माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कूल झोला बितरण गरेको छ । बैंकका सञ्चालक भीमप्रसाद तुलाचनले स्कुल झोला वितरण गरेका हुन् ।

त्यस्तै सिद्धार्थनगर नगरपालिकामा सीसी क्यामेरा जडानका लागि उपभोक्ता समितिलाई भैरहवा शाखा कार्यालयका शाखा प्रवन्धक तुलसीप्रसाद आचार्यले रु. २५ हजारको चेक हस्तान्तरण गरे ।

यसैगरी बैंकले स्वर्णिम सुरक्षित बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य बीमा गर्दै आएकोमा शाखा कार्यालय दमकका ग्राहक सारदा आङ्देम्बेलाई रु. ९,६०७/– र बेसिशहरका ग्राहक रन्जिता अधिकारीलाई रु. ६७,८१९/– स्वास्थ्य बीमा अन्तर्गतको रकम हस्तान्तरण गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.