६ प्रतिशत जनतामा मात्र स्वास्थ्य बीमाको पहुँच, यसैबर्ष देशभर सेवा पुर्याउने लक्ष्य पूरा होला !

  २०७६ साउन २७ गते १८:२०     विकासन्युज


काठमाडौँ । उपप्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसख्या मन्त्री उपेन्द्र यादवले स्वास्थ्य बीमालाई देशका ७७ जिल्लामा नै कसरी लान सकिन्छ भनी लक्ष्य तथा कार्यक्रम बनाई अघि बढ्न बीमा समितिका अध्यक्ष, कार्यकारी निर्देशक तथा पदाधिकारीलाई निर्देशन दिएका छन् ।  स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा सोमबार आयोजित बीमा बोर्ड बैठकलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले सरकारको नीति तथा कार्यक्रम पनि यस आर्थिक बर्षभित्र बीमा सेवालाई देशभर पुर्याउने लक्ष्य रहेको बताए ।

हालसम्म देशको ६ प्रतिशत जनतामा मात्र बीमाको पहुँच पुगेको उल्लेख गर्दै उनले यो सुरुवाती अवस्था हो, भर्खर संस्थागत संरचना तयार गरिदैछ, निराश नहोऔं अब स्पष्ट कार्यक्रम बनाएर काममा तीब्रता दिन पनि निर्देशन दिए । बीमा बोर्ड बैेठकमा उठेका अप्ठयारा पक्षलाई समाधान गर्दै बिमा बोर्ड, स्वास्थ्य र अर्थ मन्त्रालयबीच राम्रो समन्वय गरी अप्ठयारालाई फुकाउदै अनुगमनलाई प्रभावकारी बनाउन पनि उपप्रधानमन्त्री यादवले निर्देशन दिए ।

बीमा कार्र्यक्रम सञ्चालन प्रक्रियामा जाँदा कति कभर गरियो, कतिमा पुग्यौँ, कतिले प्रिमियम तिरे, कतिले छाडे, किन छाडे जस्ता यसका सबै कारण खोजेर बिश्लेषण गरी सच्चिएर अघि बढ्न निर्देशन दिदै उनले भने–“किन बीमा गराईराखेका छौँ, त्यो पनि हेर्नुपर्छ र सेवा सुबिधा दिने सरकारी अस्पताल कस्ता छन ? बिचार पुर्याउन आवश्यक छ ।’

अहिले स्वास्थ्य बीमा कार्यक्रम चलाउन निजी अस्पतालले पनि ईच्छा राख्दै आएका छन्, तिनीहरुको सेवा सुविधाको अवस्था कस्तो छ हेरेर बोर्डले निर्णय गरेर दिनसक्छ भन्दै उनले फार्मेसी छ कि छैन, फार्मेसी र अस्पताल सँगै जोडिनुपर्छ, त्यो छ कि छैन हेर्नु पर्ने बताए ।
बोर्ड बैठकका क्रममा प्रस्तुत कार्यपत्रमा उठाइएका बिमितबाट दावी रकमको मात्रा ६० प्रतिशत रहेको र दावी किन कमले गरे भन्ने पक्षमा त्यतिमात्रै कसरी भयो ? त्यो पक्षमा ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

उपप्रधानमन्त्री यादवले बिमा बोर्डभित्र मिलाउनुपर्ने बिषय आन्तरिक बिषयमा आबश्यकता अनुसार नीति नियम, जोखिम ब्यवस्थापन, प्रबिधिको प्रयोग, जिम्मेवारी बाँडफाँडलगायत बोर्डले अन्य संघ संस्थासँग राख्नुपर्ने सम्बन्ध, समन्वय, सहकार्य तथा सहयोगसम्बन्धी बिषयमा ध्यान दिन आग्रह गर्नुभयो ।

सो अवसरमा स्वास्थ्य तथा जनसख्या मन्त्रालयका सचिव राम थपलियाले बिमा अभ्यास नयाँ हो, जे गरिन्छ त्यो नयाँ गरिन्छ त्यो अरु संस्था जस्तो नभएको उल्लेख गर्नुभयो । सो बैठकमा राष्टिय स्वास्थ्य बिमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले संस्थाको बिभिन्न क्षेत्रमा भएका काम कारवाहीका बारेमा जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.