धुम्बाराहीमा खुल्दैछ २ सय सटर सहितको तरकारी तथा फलफूल बजार(फोटो फिचरसहित)

  २०७६ साउन २७ गते १६:५४     नबिन पोखरेल


काठमाडौ । राजधानीको धुम्बाराहीमा प्रविधि मैत्री तरकारी तथा फलफूल बजार खुल्ने भएको छ । ७ रोपनीको क्षेत्रफलमा फैलिएको उक्त बजारमा २ सय सटर रहने छन् । सिके लोप्चन एग्रीकल्चर प्रालिले सञ्चालन गर्न लागेको तरकारी तथा फलफूल बजार आधुनिक प्रविधि मैत्री युक्त हुनेछ ।

उक्त बजारबाट १५ लाख नागरिकले लाभ लिन सक्ने अनुमान गरिएको प्रालिका सञ्चालक चित्र लामा(लोप्चन)ले बताए । उक्त बजारमा तरकारी, फलफुल बजार, दुग्धजन्य पाइनुका साथै मिनी मार्ट सञ्चालन हुनेछ ।  तरकारी बजार ६ महिनादेखि निर्माण शुरु भएको छ, आगामी भदौको दोस्रो सातासम्ममा तरकारी बजार शुभारम्भ गर्ने तयारी भइरहेको सञ्चालक लोप्चानले बताए ।

करीब ५ करोडको लागतमा निर्माण भइरहेको सो बजार निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ ।

६० सीसी क्यामेरा, १० जना सुरक्षा गार्ड
तरकारी पसलमा ६० वटा सीसी क्यामेरा जडान गरिने छ । ग्राहकको सुरक्षाको लागि १० जना सुरक्षा गार्डको व्यवस्था गरिने छ ।
उक्त क्षेत्रका वासिन्दालाई सेवा दिने उद्देश्यले बजार स्थापना गर्न लागिएको बताए ।

तरकारी तथा फलफुल बजारका सञ्चालक लोप्चानले नेपालमा नै काम गर्न सकिने बताए । उपलब्ध स्रोत साधानको प्रयोग गरेमा नेपालमा व्यवसाय गर्न सकिने उनले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.