लघुवित्त क्षेत्रका चुनौति र अबको कार्यदिशा बारे छलफल

  २०७६ साउन २७ गते १६:२५     विकासन्युज


काठमाडौँ । लघुवित्त क्षेत्रका विद्यमान चुनौति र अबको कार्यदिशा निर्धारण विषयक एक दिने सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ । स्वावलम्बन विकास केन्द्रको आयोजनामा सम्पन्न सम्मेलनमा नेपालमा लघुवित्त क्षेत्रको बुझाई, गराई, भोगाई र सोचाई विषयमा सामूहिक छलफल भएको हो ।

गोष्ठीमा लघुवित्त क्षेत्रका अग्रणी तथा स्वावलम्बन विकास केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले लघुवित्त कार्यक्रमलाई गतिशील राख्न यसको मूलमर्म सिद्धान्तबाट निर्देशित हुनु पर्नेमा जोड दिए ।

सम्मेलनमा देशका सातैवटा प्रदेशबाट प्रतिनिधित्व हुने गरी प्यानल छलफल गरिएको थियो ।

गोष्ठीमा नेपालका लघुवित्त क्षेत्रका विज्ञ लगायत केन्द्रमा आवद्ध ३९ वटा लघुवित्त वित्तीय संस्था तथा सहकारी संस्थाका अध्यक्ष, संचालक तथा प्रमुख कार्यकारी अधिकृतहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.