साउनको अन्तिम सोमबार वृज सिमेन्टले पशुपतिनाथमा गर्यो निःशुल्क स्वास्थ्य शिविर

  २०७६ साउन २७ गते १६:१४     विकासन्युज


काठमाडौँ । वृज सिमेन्ट इण्डष्ट्रिज प्रालिले साउनकोे अन्तिम सोमबार सुन्दरीजलदेखि पशुपतिनाथ सम्म विभिन्न ८ स्थानमा बोलबमका भतmजनहरुलाई निस्शुल्क खानेपानी, स्वास्थ्य शिविर, फलफुल जुस वितरण लगायतका सेवा प्रदान गरेको छ ।

लायन्स एण्ड लियो क्लब अफ काठमाण्डौं चाबहिल, नेपाल भारत मैत्री अस्पताल, मित्रपार्क, काठमाडौं र वृज सिमेन्टको संयुक्त आयोजनामा उक्त सेवामूलक कार्यक्रम गरेको हो ।

बिभिन्न स्थानबाट आउने र पशुपतिदर्शन गर्ने भक्तजनहरुलाई १५० जना बिभिन्न स्वयम् सेवकहरुद्घारा ८ स्थानमा सेवा प्रदान गरिएको छ । यसका साथसाथै पशुपतिनाथमा भतmजनहरुलाई निःशुल्क स्वस्थ्य परीक्षण समेत गरिएको छ ।

स्वास्थ्य शिविरमा आँखा, दाँत र जनरल चेकअप गर्नुका साथसाथै रक्तचापको समेत परीक्षण गरिएको थियो । उक्त स्वास्थ्य शिविरका अनुसार करीब २००० धर्मावलम्बीहरुले सेवा लिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.