मुक्तिनाथका ग्राहकलाई संजीवनी र विराट आँखा हस्पिटलमा विशेष छुट

  २०७६ साउन २७ गते १६:०५     विकासन्युज


काठमाडौँ । मुक्तिनाथ विकास बैंकले विराटनगर स्थित संजीवनी हस्पिटल तथा आईभिएफ सेन्टर प्रालिसंग सम्झौता गरेको छ ।

बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । उक्त सम्झौता पत्रमा संजीवनी हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक विनायक पन्त र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्यले हस्ताक्षर गगरेका छन् ।

साथै, विकास बैंकले विराटनगर कै विराट आँखा हस्पिटलसंगपनि बैंकका ग्राहकहरुलाई हस्पिटलको तोकिएका शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेको जनाएको छ ।

उक्त सम्झौता पत्रमाविराट आँखा हस्पिटलको तर्फबाट प्रबन्ध निर्देशक राजकुमार मण्डल र मुक्तिनाथ विकास बैंक लि.का तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत समीरशेखर बज्राचार्यले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.