बाँसका हस्तकला सामाग्री निर्माण सम्बन्धी तीन महिने तालिम शुरु

  २०७६ साउन २७ गते १०:१९     विकासन्युज


काठमाडौँ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्र हेटौडाको सहयोग तथा हिमालयन मानव अधिकारकर्मी समूह हिमराइट्सको आयोजनामा बाँसको हस्तकला सामाग्री निर्माण सम्बन्धी तीन महिने निःशुल्क तालिम शुरु भएको छ । मकवानपुरको मनहरी वडा नं ३ स्थित लामिटारमा साउन २४ गतेदेखि तालिम शुरु भएको हो ।

हिमराइट्स मकवानपुरकी कार्यक्रम संयोजक कुमारी वाइबाको सभाध्यक्षता , मनहरी गाउँ पालिकाका उपाध्यक्ष मनिला विष्टको प्रमुख आतिथ्यता तथा मनहरी गाउँ पालिका वडा नं ३ का वडा अध्यक्ष मानबहादुर स्याड.तान र व्यवसायिक सीप विकास केन्द्रका केन्द्र प्रमुख युवराज गुरुङको विशेष उपस्थितीमा तालिम उद्घाटन भएको हो ।

तालिममा स्थानीय चेपाङ, राई, दलित लगायत अन्य जातिका गरी १५ जनाको सहभागिता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.