शिवम् सिमेन्टका सिईओ देवकोटाको राजीनामा स्वीकृत, मारुलाई नयाँ जिम्मेवारी

  २०७६ साउन २६ गते १३:४१     विकासन्युज


काठमाडौँ । शिवम् सिमेन्टका कार्यकारी सञ्चालक रघुनन्दन मारुले प्रमुख कार्यकारी अधिकृत(सिईओ) समेतको जिम्मेवारी सम्हाल्ने भएका छन् ।

उक्त उद्योगका सिईओ सजन देवकोटाले साउन २१ गते दिएको राजीनामा साउन २४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको छ ।

सिईओ देवकोटाको राजीनामा स्वीकृत गर्दै सोही दिनदेखि रिक्त रहेको सिईओको जिम्मेवारी हाललाई कार्यकारी सञ्चालक मारुलाई दिने निर्णय भएको कम्पनी सचिव लेखनाथ अर्यालले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.