ग्रील तथा स्टील ब्यवसायी संघको साधारण सभा सम्पन्न

  २०७६ साउन २६ गते ११:२४     विकासन्युज

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायी महासंघ काठमाडौं कपनको तेश्रो साधारण सभा साउन २५ गते सम्पन्न भएको छ । उक्त सभाको उद्घाटन अध्यक्ष मोहन कटुवालले गरेका हुन् ।

कार्यक्रममा अध्यक्ष मोहन कटुवालले देशभरि रहेका ११ हजार ग्रील तथा स्टील उधोग ब्यवसायीहरुलाई सरकारले ल्याएको न्युनतम परिश्रमिकलाई कार्यान्वयन गर्न समेत आग्रह गरे ।

सामाजिक सुरक्षा कोष र अनिवार्य प्यान लिने बिषयमा सम्बन्धित मन्त्रालयहरुसंग साना उधोगीहरुले सहज किसिमले लागु गर्न उपयुक्त वातावरण बनाई दिन केही समयको माग भैरहेको बताउदैं सबैले आफनो क्षेत्रमा तयार रहन आग्रह गर्दै ग्रील तथा स्टील ब्यवसायीहरुका समस्या समाधानको लागि महासंघ लागिरहेकोे उल्लेख गरे ।

उक्त कार्यक्रमका सधापति एवं ग्रील तथा स्टील ब्यवसाय संघ कपन एकाईका अध्यक्ष बिष्णु कुमार श्रेष्ठले हालैं सरकारले ल्याएको सामाजिक सुरक्षा कोष र कर्मचारीहरुको प्यान कार्ड बनाई बंैक मार्फत तलब दिन तत्काल नसकिने बताए । साथै, ग्रील तथा स्टील ब्यवसायीहरुलाई त्यसबारेमा सुसुचित गरेर मात्र सहभागी गराउन सकिने भएकोले कम्तीमा १ वर्षको समय थप्ने ब्यवस्था मिलाउन समेत आग्रह गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि कटुवालले उत्कृष्ट ग्रील उधोगीहरुलाई सम्मान गरेका थिए भने ब्यवसायीहरुलाई ब्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य र भ्याट प्यान सम्बन्धि वृतचित्र सहित संक्षिप्त जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.