लाईसेन्स दर्ता गर्न बन्चित गरेको भन्दै माइक्रोबायोलोजिस्ट विद्यार्थी आन्दोलनमा

  २०७६ साउन २६ गते ११:१९     विकासन्युज

काठमाडौं। माइक्रोबायोलोजीस् विद्यार्थीहरुले लाइसेन्स प्राप्तबाट बन्चित भएको भन्दै प्रदर्शन गरेका छन्। माइक्रोबायोलोजी अध्ययन गरेर हालसम्म नेपाल स्वास्थ व्यवसायी परिषद एनएचपिसी द्वारा स्वास्थ क्षेत्रमा योगदान गर्न प्रदान गरिने एनएचपिसीको लाइसेन्स प्राप्त गर्न वन्चित गरेको भन्दै विद्यार्थीहरुले प्रदर्शन गरेका हुन्।

त्रिभुवन विश्वविद्यालयमा अन्तर्गत आईओएम् र आईओएस्टीमा पढाई हुने मेडिकल र पब्लिक माइक्रोबायोलोजीमा आईओएमले मात्र एनएचपिसीबाट दर्ता पाउने गरेका छन।

टि.यु.एमएससी मेडिकल माइक्रोबायोलोजीसँग इकुभ्यालेन्ट लिएर भारत र अन्य मुलुकबाट अध्ययन गरेर आएकालाई भने लाइसेन्स दर्ता दिइएको विद्यार्थीहरुको गुनासो छ । एनएचपिसीले केहि माइक्रोबायोलोजिका विद्यार्थीका विद्यार्थीहरुले अस्थाई दर्ता जारी गरेको तर स्थाइ र सम्पुर्ण प्रक्रिया रोकेर राखेको अवस्था छ।

माइक्रोबायोलोजी संघर्श समितीका अध्यक्ष सन्जिव धिताल भन्छन्,’देशमा नै बसेर आफुसँग भएको ज्ञान र क्षमताले देशको सेवा गर्न चाहन्छौं। देशमा नयाँ सरकार बनेको, एनएचपिसीको नेतृत्व फेरिएको अहिलेको परिस्थितिमा हामीले भेटघाट, समन्वय मार्फत समस्या समाधानको अनवरत प्रयास गर्यौं। एनएचपिसीले अन्तिम पटक मागेको एक महिना समयसिमा सकिदा समेत कुनै प्रक्रिया अगाडी नबढाए पछि हाम्रो सामु आन्दोलनको अर्को विकल्प देखेनौं।’

संघले हरेक दिन माईतीघर मण्डलामा आवश्यकता अनुरुप थप आन्दोलनको कार्यक्रम घोषणा गरि अगाडि बढ्ने, सम्पुर्ण बिद्यार्थी संगठनसंग समन्वय गरि आन्दोलनलाई प्रभावकारी बनाउने जानकारी दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.