नेपाल इन्जिनियरिङ कलेजमा पढ्न ५०० विद्यार्थीले दिए प्रवेश परीक्षा

  २०७६ साउन २५ गते १७:०१     विकासन्युज

काठमाडौं । नेपाल इन्जिनियरिंग कलेज चाँंगुनारायण भक्तपुरमा इन्जिनियरिंग पढन चाहने विद्यार्थीको राम्राे चाप देखिएकाे छ ।  शनिबारको प्रवेश परीक्षामा उलेख्य विद्यार्थी सहभागी भएका थिए । कुल चार सय ८० विद्यार्थीका लागि भएको प्रवेश परीक्षामा पाँंच सय भन्दा वढी विद्यार्थी परीक्षार्थी रहेका थिए ।

नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरका प्राचार्य प्राडा हरिकृष्ण श्रेष्ठले नेपालकै उत्कृष्ट इन्जिनियरिंगको पढाई हुने कलेज भएकाले आफूहरुको कलेजमा विद्यार्थीको आकर्षण रहने गरेको सुनाए । नेपाल इन्जिनियरिङ कलेज चाँंगुनारायण भक्तपुरको स्थापनाकालदेखि प्राध्यापनरत श्रेष्ठको अनुभबमा यसपछि प्लस टुको रिजल्ट आएसँंगै अहिले स्नातक तहको इन्जिनियरिंगमा भर्ना हुन चाहने विद्यार्थी अत्याधिक छन् ।

साइन्स पढेर प्लस टु पास गरेपछि वा तीन वर्षे डिप्लोमा तह पूरा गरेपछि स्नातक तहको इन्जिनियरिङमा भर्ना हुन पाइन्छ । स्नातक तहका इन्जिनियरिङ पनि विविध विधामा छन् । स्नातक तहको इन्जिनियरिङमा सिभिल, सिभिल एण्ड रुरल, आर्किटेक्चर, इलेक्टिकल एण्ड इलेक्टोनिक्स, कम्प्युटर, इलेक्टोनिक्स एण्ड कम्युनिकेशनलगायतका विधामा भर्ना हुन सकिन्छ । यी कोर्षहरुमध्ये अधिकांश चारवर्षे छन् ।

कलेजमा सिभिलमा एक सय ४४, सिभिल एण्ड रुरलमा ४८, आर्किटेक्चरमा ४८, इलेक्टिकल एण्ड इलेक्टोनिक्समा ४८, कम्प्युटरमा ९६, र इलेक्टोनिक्स एण्ड कम्युनिकेशनमा ९६ गरी कुल चार सय ८० कोटा रहेका छन् ।

नेपाल इन्जिनियरिंग काउन्सिलले राखेको तथ्यांक अनुसार त्रिभुबन विश्वविद्यालयदेखि देशका विभिन्न विश्वविद्यालयहरुले इन्जिनियरिंग विषयको पठनपाठन गराइरहेका छन् । तथ्यांक अनुसार देशभर त्रिभुवन विश्वविद्यालय अन्तर्गत १४, पोखरा विश्वविद्यालय अन्तगर्त १४, काठमाडौं विश्वविद्यालय अन्तर्गत दुई, पूर्वाञ्चल विश्वविद्यालय अन्तर्गत १६ कलेजहरुमा इन्जिनियरिंगका पढाईहरु भइरहेका छन् । यस हिवासले देशभरबाट वार्षिक नौ हजार इन्जिनियरहरु उत्पादन हुने तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.