एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा,  अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी

  २०७६ साउन २५ गते १६:०२     विकासन्युज

काठमाडौं । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स प्रालिले नेपाली बजारमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टेलिभिजनहरू सार्वजनिक गरेको छ ।कम्पनीले गत शुक्रबार होटल सोल्टीमा आयोजित एक कार्यक्रमबीच एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालि र ई.थ्री इलेक्ट्रोनिक्स प्रालिका अधिकारीहरूको उपस्थितिमा एम्प्लिफाई प्लस ब्राण्डका एलइडी टिभीहरू नेपाली बजारमा भित्रिएको घोषणा गरेको छ ।

भारतीय डिकेएम ग्रुप कम्पनीअन्तर्गतको एम्प्लिफाई इलेक्ट्रोनिक्स प्रालिद्वारा उत्पादित अन्तर्राष्ट्रिय स्तरको एम्प्लिफाई प्लस ब्राण्डका टिभीहरू एचडी एलइडी टिभी सिरिज, एचडी स्मार्ट एलइडी टिभी सिरिज, फुल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलइडी टिभी सिरिज नेपाली ग्राहकहरूका लागि कम्पनीले उपलब्ध गराएको छ ।

एचडी एलइडी टिभी सिरिजमा न्यूनतम २४ इन्च, ३२ इन्च र ४० इन्चका एचडी एलइडी टिभी बजारमा उपलब्ध हुनेछन्, जसको स्क्रिन रिजोल्यूशन १३६६ह७६८ पिक्सेल छ । त्यसैगरी यी सिरिजमा इनबिल्ट गेम्स, पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, वाईफाई र एचडीएमआई लगायतका अत्याधुनिक फिचर छन् ।
कम्पनीले एचडी स्मार्ट एलईडी टिभी सिरिजमा ३२ इन्च र ४० इन्चका टिभीहरू बजारमा ल्याएको छ । जसमा १३६६x७६८ पिक्सेलको रिजोल्यूशन छ । यी सिरिजका टिभीमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रिन क्याप्चर, वाईफाई, एचडिएमआई लगायतका फिचर उपलब्ध छन् ।

एम्प्लिफाई प्लस ब्राण्डमा उच्चतहका टिभीहरूका रूपमा फूल एचडी एलईडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी पनि उपलब्ध भएको छ । जसमध्ये फूल एचडी एलईडी टिभी ५० इन्चमा उपलब्ध हुनेछ जसको स्क्रीन रिजोल्यूशन १९२०x१०८० पिक्सेल छ । यसमा पावर अडियो भोल्यूम, वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतका फिचर छन् ।

त्यसैगरि फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभी ५५ ईन्चमा नेपाली बजारमा उपलब्ध भएको छ । जसमा अल्ट्रा एचडी ३८४०x२१६० पिक्सेल स्क्रीन रिजोल्यूशन रहेको छ । यो टिभीमा पनि पावर अडियो भोल्यूम,वायरलेस हेडफोन कन्ट्रोल, स्क्रीन क्याप्चर, वाईफाई, एचडीएमआई लगायतको फीचरहरु छन् । एन्ड्रोयडमा आधारित एचडी स्मार्ट एलइडी टिभी, फूल एचडी एलइडी टिभी सिरिज र फोरके अल्ट्रा एचडी स्मार्ट एलईडी टिभीका चार मोडलहरुमा १ जीबीको र्याम र ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.