कोका-कोलाको जिग्री प्याक सार्वजनिक, मूल्य ४० रुपैयाँ

  २०७६ साउन २४ गते १५:१०     विकासन्युज

काठमाडौं । बोटलर्स नेपाल लिमिटेडले २५० एमएलको कोका–कोला जिग्री प्याक सार्वजनिक गरेको छ । यसअघि शिशाको बोतलमा मात्रै २५० एमएलको कोका–कोला, स्प्राईट, फान्टा बजारमा उपलब्ध थियो ।

४० रुपैंयाँमा २५० एमएलको जिग्री प्याक कोका–कोला, स्प्राईट, फान्टा आइतवारदेखी उपत्यका लगायत देशैभरी विक्री हुने कम्पनीले जानकारी दिएको छ । उपभोताले आफुलाई मनपर्ने कोका–कोला, स्प्राईट, फान्टाको नयाँ प्याक गोजीमा हालेर पनि बोक्न सक्ने र आकर्षक मूल्यमा प्रयोग गर्न सक्ने जनाइएको छ ।

जिग्री प्याक उपभोक्तामैत्रीसँगै वातावरण मैत्री र अल्ट्रा लाइट बोतल पनि हो । कोका–कोलाले हलुका, पूनशिलबन्दी गर्न मिल्ने, लाइटवेट तथा नफुट्ने बोतल भएको पेय पदार्थ प्रदान गर्न यो प्रविधिको प्रयोग गरेको छ । साथै यसको विस्तारित आयू ६ महिनासम्म रहेको छ ।

नेपालका लागि कोका–कोला कन्ट्री डाइरेक्टर अम्बुज सिंहले जिग्री प्याकले ग्लास बोतल र पीईटी बोतलको लाभ एकै पटक प्रधान गर्ने बताए । बोटलर्स नेपाल लिमिटेडका म्यानेजिङ डिरेक्टर प्रदीप पाण्डेले बोटलर्स नेपाल लिमिटेडले नेपालमा स्टेट–अफ–आर्ट प्रोडक्टमा लगानी गर्न पाउँदा खुशी लागेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.