आरएमडीसी लघुवित्तले २६ जनालाई दियो प्रशिक्षक प्रशिक्षण तालिम

  २०७६ साउन २४ गते १४:५८     विकासन्युज


काठमाडौँ । आरएमडीसी लघुवित्त वित्तीय संस्थाल अन्तराष्ट्रिय श्रम संगठनले तयार पारेको ‘स्टार्ट एण्ड इम्प्रुभ योर विजनेश’ प्रशिषक प्रशिक्षण तालिम सम्पन्न गरेको छ । साउन १७ गतेदेखि २३ गतेसम्म तालिम सञ्चालन भएको हो ।

सो तालिममा आरएमडीसीका १२ वटा साझेदार संस्थाहरुबाट २६ जना वरिष्ठ तहका कर्मचारीहरुको सहभागिता रहेको थियो । उक्त तालिमको माध्यमबाट साझेदार संस्थाका वरिष्ठ तहका कर्मचारीहरुलाई यस विषयको प्रशिक्षक तयार गर्ने र शाखा कार्यालयका प्रवन्धकहरु र फिल्ड सहायकहरुलाई प्रशिक्षण दिई ग्राहकहरुलाई तालिम प्रदान गरी ग्राहक सदयस्यहरुमा उद्यमशीलता बिकास गर्ने उद्देश्य रहेको छ ।

तालिममा सेन्टर फर माइक्रोफाइनान्स नेपालका प्रशिक्षकद्वय सनद राजभण्डारी ररुद्र पराजुलीले छलफल, खेल लगाएतका विभिन्न विधिमार्फत सहभागितामूलक रुपमा तालिमको सहजीकरण गरेका थिए ।

तालिमको अन्तिम दिन नेपाल राष्ट्र बैंक, लघुवित्त प्रवद्र्वन तथा सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले लघुवित्तको अवस्था तथा यसका चुनौती सम्बन्धी प्रस्तुुतीकरण गर्नुका साथै सहभागीहरुको जिज्ञासा समाधान गरेका थिए ।

तालिमको समापन समारोहको अध्यक्षता आरएमडीसीका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले गरेका थिए । उक्त अवसरमा प्रमुख कार्यकारी अधिकृत ओझाले तालिम सफलतापूर्वक सम्पन्न गर्न सहयोग पुर्याउने प्रशिक्षक, आयोजक तथा सहभागीहरु लाई धन्यबाद दिदै तालिममा हासिल गरेका ज्ञान, सीप र क्षमतालाई आफ्नो कार्यक्षेत्रमा सदुपयोग गर्न आग्रह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.