३० अर्ब ५४ करोड पुग्यो जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी, २ खर्ब २५ अर्ब लगानी

  २०७६ साउन २४ गते १४:२९     नबिन पोखरेल


काठमाडौँ । आर्थिक बर्ष २०७५/७६ को असार मसान्तसम्म जीवन बीमा गर्ने कम्पनीहरुको चुक्ता पूँजी ३० अर्ब ५४ करोड ९१ करोड रुपैयाँ पुगेको छ । बीमा समितिले दिएको जानकारी अनुसार बीमा कम्पनीहरुको लगानी २ खर्ब २५ अर्ब १७ करोड ८७ लाख रुपैयाँ रहेको छ ।

यस्तै, कम्पनीहरुको नगद तथा मौज्दातमा ८ अर्ब २० करोड ५१ लाख रुपैयाँ रहेको पाइएको छ । जीवन बीमा तर्फ २ सय २१ प्रकारका बीमा लेख गत आर्थिक बर्षमा प्रचलनमा आए । कूल अभिकर्ता संख्या ५ लाख ४६ हजार २ सय ७६ रहेको छ ।

बीमा दाबी:
बीमा समितिका अनुसार ३४ हजार ५ सय ८७ संख्याको बीमा दाबी परेको छ । उक्त दाबी परेको रकम ५ अर्ब ९ करोड ८९ लाख रुपैयाँ रहेको तथ्याङ्कमा उल्लेख छ ।

जीवन बीमा कम्पनीका कार्यालय संख्या:
जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको कार्यालय संख्या १ हजार ६ सय ५४ पुगेको छ । बीमा कम्पनीहरुको कर्मचारी संख्या भने ४ हजार ७ सय ९८ रहेको छ ।

गत आर्थिक बर्षमा नेपालमा बीमा व्यवसाय गर्ने कम्पनीहरुको संख्या ४० रहेको छ । सो संख्या मध्येमा जीवन बीमा गर्ने कम्पनीहरु भने १९ वटा छन् । जीवन बीमा कम्पनीहरुले बिमितको जोखिम बहन तथा बचतमा सघाउ पुर्याउँदै आएका छन् ।

बीमा समितिले दिएको जानकारी अनुसार बीमा समितिबाट इजाजत पत्र प्राप्त बीमा कम्पनीहरुको स्वामित्व संरचनामा सरकारी, निजी, विदेशी तथा संयुक्त छन् ।

जीवन बीमा व्यसाय गर्ने सरकारी कम्पनीको संख्या १, निजी तर्फ १६, विदेशी शाखा रहेको कम्पनी १, संयुक्त लगानी भएको कम्पनी १ गरी कुल १९ कम्पनीहरु संचालनमा छन् ।

यस्तै, समग्र बीमा क्षेत्रमा भने सरकारी कम्पनीको संख्या ३, निजी तर्फ ३२, विदेशी शाखा भएका कम्पनी ३, संयुक्त लगानीमा आवद्ध कम्पनीहरु २ गरी जम्मा ४० वटा बीमा कम्पनीहरु क्रियाशील रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.