एनआईसी एशियाका ग्राहकलाई चौराहा हस्पिटलमा १० प्रतिशत छुट

  २०७६ साउन २३ गते १९:०३     विकासन्युज

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र चौराहा हस्पिटल प्रालि, कालिकानगर, बुटवलबीच सम्झौता भएको छ ।

बैंकका सम्पूर्ण ग्राहक तथा कर्मचारीहरुलाई उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १०% सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रदेश नं ५ का प्रादेशिक कार्यालय प्रमुख तिलकसुन्दर कार्की र चौराहा अस्पतालको तर्फबाट अस्पतालका अध्यक्ष सुदन ज्ञवालीले हस्ताक्षर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.