आगलागीका कारण अवरुद्ध सुबिसुको सेवा ९० प्रतिशत सुचारु

  २०७६ साउन २३ गते १८:४६     विकासन्युज


काठमाडौँ । इन्टरनेट, नेटवर्क तथा टेलिभिजन सेवाप्रदायक कम्पनी, सुबिसु केवलनेट प्रालिको बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधवार आगलागी भई अबरुद्ध भएको सेवा ९० प्रतिशत सुचारु भएको छ ।

कम्पनीले विहीबार विज्ञप्ती प्रकाशित गरी मानवीय क्षति नभएको, तर ठूलो रुपमा भौतिक क्षति हुन जाँदा सेवा केहि स्थानमा अबरुद्ध भएको जनाएको छ । आगलागी पूर्णरुपमा नियन्त्रण भएको केही समय भित्रै प्राबिधिक टोलीको सहयोगद्वारासेवा सुचारु गराउन तत्परता देखाइएको थियो ।

बैकल्पिक डाटा सेन्टरबाट घटना पश्चात नब्बे प्रतिशत सेवाग्राहीहरुको सेवा सुचारु गर्न सफल भएको विज्ञप्तीमा उल्लेख छ । अझैपनि क्षतिग्रस्त रहेको बालुवाटारको डाटा सेन्टरबाट आबद्व रहेका सेवाग्राहीहरुको अबरुद्व सेवा सुचारु गर्न प्रयासरत रहेको र एक दुई दिन भित्रमा नै सम्पूर्ण सेवाग्राहीको सेवा सुचारु हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.