सनराइज बैंकको ११७ औं शाखा ललितपुरको कुपण्डोलमा

  २०७६ साउन २३ गते १५:५४     विकासन्युज

काठमाडौं । सनराइज बैंकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा ललितपुरको कुपण्डोलमा ११७ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त कार्यक्रममा ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र सनराइज बैंकका संचालक समितिका सदस्य ई. बच्छराज तातेडले संयुक्त रmपमा शाखा कार्यालय र एटिएमको उद्घाटन गरेका हुन् ।

यसरी, सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको यस बैंकले आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिएको छ ।

हालसम्म सनराइज बैंकले ११७ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३५ वटा ए.टि.एम मार्फत सेवा प्रदान गर्दै आएको र नेपालका अन्य स्थानहरूमा पनि थप शाखाहरू संचालन गर्ने योजनामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.