सेयर बजारमा दोहोरो अंकको गिरावट, रसुवागढी र साञ्जेनका लगानीकर्तालाई सबैभन्दा बढी घाटा

  २०७६ साउन २३ गते १५:२४     विकासन्युज


काठमाडौँ । साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक झण्डै १० अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड(नेप्से) का अनुसार विहीबार ९.९२ अंकले नेप्से परिसूचक घटेको हो । ०.७९ प्रतिशतले परिसूचक घट्टा १२३८.५६ बिन्दुमा पुगेको छ । आज १६६ कम्पनीका १८ लाख ७७ हजार ५ सय ४२ कित्ता सेयर किनबेच हुँदा ४५ करोड ४६ लाख २९ हजार ५ सय ७५ रुपैयाँको कारोबार भएको छ ।

सेयर परिसूचक पूरै राताम्मे भएको छ । बैंकिङ समूह ५.५४, ट्रेडिङ समूह २.०३, होटल समूह २०.८३, विकास बैंक समूह ८.१५, जलविद्युत समूह ३१.३५, वित्त समूह ४.९७, निर्जीवन बीमा समूह ७५.४५, उत्पादनमूलक समूह ११.८५, अन्य समूह ५.३४, लघुवित्त समूह २ं०.३२, जीवन बीमा समूह २६.५५ र म्युचुअल फण्ड ०.०२ अंकले घटेका छन् ।

आज सपोर्ट माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडका सेयरधनीले सबैभन्दा बढी ५.७१ प्रतिशतले नाफा कमाएका छन् भने रसुवागढी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले सबैभन्दा बढी ९.७० प्रतिशतले घाटा व्यहोरेका छन् ।

सबैभन्दा बढी घाटा व्यहोर्नेमा दोश्रो नम्बरमा साञ्जेन जलविद्युत कम्पनी लिमिटेडका सेयरधनी परेका छन्, उनीहरुले ४.६८ प्रतिशत घाटा व्यहोरेका हुन् । अघिल्लो दिन २६७ रुपैयाँमा कारोबार भएर बन्द भएको रसुवागढीको सेयर आज २३७ रुपैयाँमा झरेको छ । त्यसैगरी बुधबार साञ्जेनको सेयर कारोबार २६१ रुपैयाँमा भएको थियो भने आज २३५ रुपैयाँमा झरेर बन्द भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.