रेडमी के२० सिरिज नेपाली बजारमा, मूल्य रु. ४९,९९९

  २०७६ साउन २३ गते १४:१३     विकासन्युज


काठमाडौँ । शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के२० सिरिजको स्मार्टफोन– रेडमी के२० र रेडमी के२० प्रो नेपाली बजारमा ल्याएको छ ।

रेडमी के२० र रेडमी के२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के२० र रेडमी के २० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलिड होरिजन डिस्प्ले रहेको छ ।

२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९% रहेको छ जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन एमोलिड डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ ।यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३.५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ ।

यस अवसरमा बोल्दै शाओमी नेपालका कन्ट्री जेनरल म्यानेजर सौरभ कोठारीले भने, “हामी नेपालमा रेडमी के२० सिरिज भित्र्याउन पाउँदा निकै प्रसन्न छौं । रेडमी फ्ल्यागसिप सिरिजको रुपमा नेपालमा पहिलो रेडमी के२० तथा के२० प्रो ले चरम फ्ल्यागसिप अनुभवलाई साच्चैं नै पुनः परिभाषित गर्दछ । नेपालका सम्पूर्ण प्रयोगकर्ताले रेडमी के२० र रेडमी के२० प्रो मा क्वालकम स्न्यापड्रेगन ८५५ र क्वालकम स्न्यापड्रेगन ७३०को अनुभव लिन सक्नेछन् ।”

मूल्य र उपलब्धता
रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग– फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कम डट एनपी मा ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९,९९९ मा उपलब्ध हुनेछ । रेडमी के२० रु ३९,९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.