रारामार्टः सामान किन्दा १ लाखको स्वास्थ्य बीमा

  २०७६ साउन २३ गते १३:१४     विकासन्युज

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा २० हजार उत्पादन बिक्री गर्दै आएको रारामार्टले आजदेखि नेपालमा नयाँ प्रडक्ट लन्च गर्न लागेको छ । उपभोक्ताको हितलाई ध्यान राखेर मार्टले खरिदकर्ताको परिवारकै १ लाखसम्म स्वास्थ्य बीमा कार्यक्रम अघि सारेको हो । मार्टले प्रिमियर इन्स्योरेन्सबाट आफ्ना ग्राहकहरुको स्वास्थ्य बीमा गराउन लागेको हो । उक्त बीमा सेवा प्रत्येक वर्ष नवीकरण हुँदै जानेछ ।

यो वर्ष नै विश्व बजारमा पाइने ५० हजार उत्पादन नेपाली बजारमा भित्र्याउने योजना सहित अघि बढेको मार्टले २४ घण्टाभित्र निःशुल्क अनलाइन डेलीभरी सेवा दिने ‘रारा ईन्कर्पोरेशन (नेपाल) प्रालिका कार्यकारी निर्देशक प्रकाशचन्द्र सापकोटाले बताए । ‘हामी उपभोक्तालाई अन्य अनलाइन मार्केटभन्दा छिटो र सर्वसुलभ सेवा दिन्छौं,’ उनले भने- ‘विश्व बजारमा पाइने गुणस्तरीय सामान रारामार्टमा अन्य भदा सस्तो मूल्यमा पाउनु हुनेछ ।’

नेपालमा दुई करोड रुपैयाँबाट १ वर्ष अघि शुरु भएको रारामार्ट डटकम सेवाले छिट्टै ५ करोड लगानी गरेर सेवा विस्तार गर्ने योजना बनाउँदैछ । जापाानमा ३ वर्षअघि १२ जनाबाट शुरु गरिएको सो अनलाइन व्यवसाय अब २०२० मा अमेरिकामा पनि शुरु हुँदैछ । अमेरिकाको टेक्सासमा रारा यूएसए कर्पोरेशन भनेर दर्ता गरिएको छ भने भारतमा अबको दुई वर्षपछि यो सेवा शुरु हुँदैछ ।

को हुन् नेपालमा रारामार्ट शुरु गर्ने युवा ?

जापान अध्ययन गर्न गएका ३ नेपाली युवा प्रकाशचन्द्र सापकोटा, जीवन अम्गाई र भरतसिंह नेगीले नेपालमा यो व्यवसाय भित्र्याएका हुन् । अम्गाई र नेगीले जापानको कोबे सिटीमा अवस्थित कोबे युनिभर्सिटिबाट अर्थशास्त्र र मेडिकल साईन्समा पिएचडी गरिसकेका छन् भने सापकोटा ओसाका युनिभर्सिटीमा वित्तिय अर्थशास्त्रमा पिएचडी अध्ययन गरिरहेका विद्यार्थी हुन् ।

अम्गाई र नेगीसँग यस्तो व्यवसाय गर्ने सोच पहिलादेखि नै थियो । अध्ययनसँगै केही नयाँ र चुनौतीपूर्ण काम गर्नु पर्छ भन्ने सोचका साथ अघि बढेका अम्गाई र नेगीको विचारले तबमात्र मुर्तरुप लियो जब सापकोटासँग भेट हुन पुग्यो जापानको कोबे सिटीमा, अनि रारामार्ट अनलाईन सपिङ शुरु भयो । अम्गाई र नेगी व्यवसायिक अनुभवको दृष्टीले नयाँ थिए भने सापकोटाले जापान जानुअघि नेपालमा मिडिया, विज्ञापन एजेन्सी, आईटीलगायतको व्यवसायमा करिब एक दशक सफलताको अनुभव बटुलिसकेका थिए ।

झण्डै ६ महिनाको गहन अध्ययनपछि औपचारिक रुपमा कम्पनी सुरु गर्ने अठोट सहित उनीहरुले पुँजी संकलन तर्फ लागे । जापानको ओशाका, नागोया, टोकियो जस्ता सिटीहरुमा नेपाली लगानीकर्ता भेटघाट कार्यक्रम आयोजना गरे, तर करोड आम्दानी गरिरहेका नेपाली व्यवसायीहरुले उनीहरुलाई ५० हजार लगानी पनि पत्याएनन् । यसले निराश बनेका उनीहरूले हिम्मत हारेनन् र निरन्तर अघि बढिरहे । हाल उनीहरूलाई नेपाली, जापानिज र अमेरिकन लगानीकर्ताहरुले साथ दिइरहेका छन् ।

लगानीकर्ता जुटेपनि नाम जुराउन फेरि समस्या पर्यो । नेपाललाई चिनाउने सयौं नामहरु मध्येबाट नेपालको प्रख्यात ताल रारा नाम जुराइएको हो । प्रारम्भमा फेसबुकमा आधारित बिक्रीबाट प्रारम्भ भएको रारामार्ट स्थापना भएको १ वर्षपछि अनलाईन स्वरुपमा प्रारम्भ भयो र हाल जापानमा रारामार्ट डटको डट जेपीबाट बजारमा आक्रामक रुपमा अघि बढिरहेको छ । यससँगै रारामार्ट जापानको ट्रेडमार्क तथा प्याटेण्ट दर्ता गर्ने सरकारी निकायबाट अन्तर्राष्ट्रिय ट्रेडमार्क पाइसकेको छ ।

हाल रारामार्ट नेपालमा उद्योगी प्रदिपजंग पाण्डे, उद्यमी कुशकुमार जोशीका छोरा कुशल जोशी, केही मारबाडी समुदायका उद्योगीहरू, नयाँ पुस्ताका मारबाडी युवाहरू र अन्य गरी करिब २० जनाको संलग्नता रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.