भदौ १ देखि पोखराका सार्वजनिक यातायातमा ई-टिकेटिङ, ओम बैंकद्वारा स्मार्ट यात्रा कार्ड वितरण

  २०७६ साउन २३ गते ११:११     विकासन्युज

काठमाडौँ । ओम डेभलपमेन्ट बैंकले पोखरा क्षेत्रमा यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको छ । पोखरा महानगरपालिकाले भदौ १ गतेदेखि महानगरपालिका भित्र सञ्चालन हुने सार्वजनिक यातायातका बसहरुमा ई-टिकेटिङ लागु गर्ने भएपछि यात्रा स्मार्ट कार्ड वितरण शुरु गरेको हो ।

उक्त प्रयोजनका लागी आवश्यक यात्रा स्मार्ट कार्ड जारी, वितरण तथा सार्वजनिक सवारीको दैनिक रुपमा हुने आम्दानीको सेटलमेन्टको काम ओम डेभलपमेन्ट बैंकले गर्ने बैकका प्रमुख कार्यकारी अधिकृत(सिईओ) विश्वमोहन अधिकारीले बताए ।

पहिलो चरणमा पोखरा भित्रका स्कुल, कलेज अध्ययन गर्ने बिधार्थीहरु माझ वितरण शुरु गरिएको र लगत्तै पोखरा महानगर भित्रका सम्पूर्ण वडाहरु मार्फत सो कार्ड वितरण गरिने बताइएको छ ।

ओम डेभलपमेन्ट बैंकले प्रथम चरणमा पोखरा महानगरपालिका भित्र चल्ने करीब ८०० सवारी साधनमा टर्मिनल जडान गर्ने र ४ वर्ष भित्रमा ३ लाख स्मार्ट कार्ड वितरण गरी पोखरालाई स्मार्ट सिटीको रुपमा विकसित गर्ने पोखरा महानगरपालिकाको अवधारणामा महत्वपूर्ण योगदान पुग्ने बताइएको छ ।

परियोजना सञ्चालनका लागी पोखरा महानगरपालिका, ओम डेभलपमेन्ट बैंक, एनक्लाउड प्रालि र पोखरा बस व्यबसायी समितिका पदाधिकारीहरुको उपस्थितिमा यसअघि नै सम्झौता पत्रमा हस्ताक्षर भइसकेको प्रमुख कार्यकारी अधिकृत अधिकारीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.