बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड, अघिल्लो आवकोभन्दा ६१ करोडले बढी

  २०७६ साउन २३ गते १०:०२     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्षमा बैंक अफ काठमाडौंको नाफा १ अर्ब ९३ करोड ८२ लाख रुपैयाँ नाफा गरेको छ । गत वर्ष बैंकले गरेको नाफा अघिल्लो आवकोभन्दा ६१ करोड ७१ लाखले बढी हो । बैंकले अघिल्लो आवमा एक अर्ब ३२ करोड नाफा कमाएको थियो । बैंकको वितरण योग्य नाफा भने १ अर्ब ३० करोड पुगेको छ ।
बैंकले गएको आवमा खुद ब्याजबाट ३ अर्ब ७७ करोड रुपैयाँ नाफा गरेको छ । बैंकले बढी नाफा कमाएका कारण प्रतिसेयर २४.०४ पैसा दिन सक्ने भएको छ ।
आठ अर्ब ६ करोड चुक्ता पुँजी रहेको बैंकको बैंकको जगेडा कोषमा ४ अर्ब ५५ करोड रुपैंयाँ रहेको छ । बैंकले ग्राहकबाट ८२ अर्ब ९३ करोड निक्षेप संकलन गरेर ७१ अर्ब ७३ करोड कर्जा लगानी गर्दा सिडी रेसियो ७५.८० प्रतिशत कायम गरेको छ ।
बैंकको खराब कर्जा (एनपीएल) १.५० प्रतिशत छ भने आधार ब्याजदर ९.९८ प्रतिशत छ । बैंकको ४.४० प्रतिशत स्प्रेडदर र कस्ट अफ फण्ड भने ७.२६ प्रतिशत छ । बैंकको प्रति सेयर नेटवर्थ १७३.७२ रुपैंयाँ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.