प्राइम बैंकको बिशेष साधारण सभा सम्पन्न, कन्काईलाई प्राप्ती गर्ने प्रस्ताव पारित

  २०७६ साउन २२ गते १९:११     विकासन्युज

काठमाडौं । विभिन्न बैंकर्स, उद्योगी, व्यवसायी, शिक्षाविद् एवम् व्यवसायिक व्यक्तित्वहरुद्वारा प्रवद्र्धित प्राइम कमर्सियल बैंकको विशेष साधारण सभा बुधबार सम्पन्न भएको छ ।

बिशेष साधारण सभाले कन्काई बिकास बैंकलाई प्राप्ती गर्ने बिशेष प्रस्ताव पारित गर्दै कन्काई विकास बैंक लि.को १०० कित्ता शेयर बराबर प्राइम कमर्सियल बैंक लिमिटेडको ७१.५ कित्ता स्वाप रेसियो कायम हुने प्रस्ताव बिशेष साधारण सभाले पारित गरेको छ ।

प्राइम कमर्सियल बैंकले कन्काई विकास बैंक लिमिटेडलाई प्राप्ति पछि शाखा संख्या ९४ हुनेछ ।

बैंकले आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल बिस्तार गर्दै सेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफल दिने निमित्त कार्यकारी अधिकृत सञ्जीव मानन्धरले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.