सनराइज बैंकको ११६ औं शाखा काठमाडौंको नैकापमा

  २०७६ साउन २२ गते १५:०६     विकासन्युज

काठमाडौं । सनराइज र्बैकले आफ्ना नयाँ शाखा विस्तार गर्ने क्रममा काठमाडौंको नैकापमा ११६ औं शाखा सञ्चालनमा ल्याएको छ । उक्त शाखा र एटिएमको उद्घाटन चन्द्गागिरी नगरपालिकाका मेयर घनश्याम गिरी र सनराइज बैंकका संचालक समितिका सदस्यहरु ई.बच्छराज तातेड तथा शारदा शर्मा पुडासैनीले संयुक्त  रुपमा गरेका हुन् ।

यस बैंकले आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले देशका विभिन्न भागमा शाखा संचालन गर्दै ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवा दिदैं आएको हाे ।

हालसम्म सनराइज बैंकले ११६ वटा शाखा, ३८ वटा शाखारहित बैंकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन काउण्टर र १३४ वटा एटिएम मार्फत सेवा दिदैं आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.