सन्जिव मानन्धर प्राइम बैंकको निमित्त सिईओमा नियुक्त

  २०७६ साउन २२ गते ११:५३     विकासन्युज

काठमाडौं । राष्ट्र बैंकले लगाएको उमेर हदका कारण प्राइम कमर्सियल बैंकका प्रमुख कार्यकारी अधिकृत नारायणदास मानन्धर पदमुक्त भएपछि बैंक संचालक समितिको बैठकले जनरल म्यानेजर सन्जिब मानन्धरलाई निमित्त सीईओमा नियुक्त गरेको छ ।

मानन्धरलाई यसअघि नै उक्त बैंकको सिईओ बनाउने प्रक्रिया अघि बढाइएको थियो । वहालवाला सिईओ पदमुक्त भएपछि अहिले निमित्त सिईओको कार्यभार दिइएको छ ।

मंगलबार साँझ बसेको संचालक समितिको बैठकले सन्जिब मानन्धरलाई निमित्त सीईओको जिम्मेवारी दिएको बैंकका सञ्चालक गजेन्द्र बुढाथोकीले जानकारी दिए । नव नियुक्त मानन्धर यसअघि प्राइम बैंकमै जनरल म्यानेजरको भूमिकामा रहेका थिए ।

नेपाल राष्ट्र बैंकले सोमबार एक निर्देशन जारी गरी बैंकका संचालक तथा सीईओहरुलाई उमेर हद लागू गरेको थियो । सो निर्देशन पश्चात नारायणदास मानन्धर सीईओबाट पदमुक्त भए र मानन्धरलाई निमित्त सिईओको कार्यभार दिइएको हो ।

सीईओ र सञ्चालक हुन उमेर हद तोकियो, सीईओको ६५ वर्ष र सञ्चालकको ७० वर्ष

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.