मन्त्री योगेश भट्टराईकाे बायाँ हात लामाे ! नारीलाई अङ्गालो मार्दाकाे फाेटाे विवादित

  २०७६ साउन २१ गते २०:३९     विकासन्युज

काठमाडौं । माथिकाे तस्विर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ । युवा पुस्ताले ट्रोल बनाईरहेका छन् ।

तस्विरमा धेरै कुरा प्रष्ट देखिन्छ । ठूलो राष्ट्रिय झण्डासहित सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराई आफ्नो कार्यकक्षमा छन् ।

गत साता मात्र नियुक्त भएका मन्त्री भट्टराईलाई एक महिलाले ढाकाको टोपी लगाउँदै छिन ।

त्यसअघि उनले मन्त्रीलाई ढाकाको खादा लगाईदिएको तस्विर हेरेर अनुमान गर्न सकिन्छ ।

फोटोमा अनुहार नदेखिने ती महिलाले कालो चस्मा तालुमा लगाएकी छिन् । उनी आधुनिक पहिरन कुर्थी वा कोटमा सजिएकी छिन् । ती महिलाको दुबै हातले मन्त्रीको टोपी मिलाउँदै छन् ।

मन्त्री भट्टराईको दायाँ हातले टोपी मिलाउदै छ तर बायाँ हात अलि नसुहाउदै तरिकाले महिलाको ढाडमा धाप मारेको देखिन्छ ।

सञ्जय दाहालले ट्वीटमा लेखेका छन्-‘नारीले त टोपी मात्र लाइदिएको छ, मन्त्रीको हात अलि लामो भए जस्तो छ।’

पश्चिमा देशमा यस्तो तस्विरलाई सामान्य मानिन्छ, नेपाली समाजमा यस्ता तस्विरप्रति आलोचनात्मक टिप्पणी सुनिन्छ ।

मन्त्रीको बायाँ हातलाई ट्वीटेहरुले ‘छुच्चो हात’, ‘लामो हात’ जस्ता शब्दले ट्रोल (व्याङ्ग्य) गरिरहेका छन् ।

कल्पना अधिकारीले ट्वीट गरेको यो फोटोमा धेरै मानिसहरुले टिप्पणी गरेका छन् । कतिले मन्त्री भट्टराईले गलत ढंगले हात फैलाएको भनी आलोचना गरेका छन् भने कतिले यो फोटो पोष्ट गर्ने महिलाको कटु आलोचना गरेका छन् ।

इजा तामु, निरु थापा र इश्वर कार्कीले फोटो पोष्ट गर्ने महिलालाई सभ्य भाषामा गाली गरेका छन् । धेरै कमेन्टरहरुले असभ्य भाषा प्रयोग गरी कल्पना अधिकारीको आलोचना गरेका छन् ।

ट्वीटे राकेश रोशन गुप्ताले ‘युवा मन्त्री हुन्, युवा सोच त भईहाल्छ नि’ भने मन्त्रीलाई ट्रोल गरेका छन् ।

पेशल पोखरेलका अनुसार टोपी लगाई दिने नारी पर्यटन मन्त्री भट्टराईकी भतिजी पारु भट्टराई हुन् ।

महेश क्षेत्रीका अनुसार फोटो पोष्ट गर्ने कल्पना अधिकारी नेपाली काँग्रेसकी समर्थक हुन् ।

उनले राजनीतिक पूर्वाग्रहबाट प्रेरित भई विवादस्पद फोटो सामाजिक सञ्जालमा हालेको ट्वीटेहरुको भनाई देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.