प्राइम लाइफले कमायो ३१ करोड ३० लाख नाफा

  २०७६ साउन २१ गते १३:२४     विकासन्युज


काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले गत आव २०७५/७६ आर्थिक वर्षको चौथो त्रैमासमा ३१ करोड ३० लाख ९७ हजार रुपैयाँ नाफा कमाएको छ । प्राइम लाइफले मंगलबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को अन्तिम त्रैमासिक(असार मसान्त) सम्मको वित्तीय विवरणमा उक्त नाफा कमाएको उल्लेख छ ।

अघिल्लो वर्ष २१ करोड ६३ लाख ६७ हजार रुपैयाँ नाफा कमाएको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ४४.७०% ले बढी नाफा कमाएको हो । यस्तै, प्राइमले खुद बिमा शुल्क २ अर्ब ८६ करोड ७४ लाख ३ हजार रुपैयाँ पुर्याउन सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले २ अर्ब २१ करोड २४ लाख ४० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो ।

कम्पनीले प्रकाशित गरेको विवरण अनुुसार यस त्रैमाससम्ममा कुल ५० करोड ७० लाख ९ हजार रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । भुक्तानी हुन बाँकी दाबी रकम भने कुल ८० लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीले ३९ करोड ६८ लाख रुपैयाँको दाबी भुक्तानी गरेको जनाएको छ ।

कम्पनीको चुक्ता पुँजी १ अर्ब ७८ करोड ४८ लाख ३५ हजार रुपैयाँ रहेको छ भने रिजर्भ कोषमा भने १ अर्ब २४ करोड ५४ लाख ४६ हजार रुपैयाँ रहेको उल्लेख छ । कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ५४ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १७६ रुपैयाँ ७० पैसा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.