जनसेवी लघुबित्त र मालिका गाउँपालिकाबीच संझौता

  २०७६ साउन २१ गते १८:५३     विकासन्युज

काठमाडौँ । जनसेवी लघुवित्त संस्था कूश्मा र मालिका गाउँपालिका म्याग्दीबीच ग्रामीण विपन्न समूदायको क्षमता अभिबृद्धि गर्नका लागि आम्दानीमूलक व्यवसाय संचालनमा वित्तीय सेवा प्रदान गर्ने संझौता भएको छ ।

मालिका गाउंपालिका अध्यक्ष श्रीप्रसाद रोका मगर र जनसेवी लघूवित्तका प्रमूख कार्यकारी अधिकृत कमल खत्रीबीच भएको सहमति अनुसार गाउँ पालिका र जनसेवी दुबैको संयूक्त आर्थिक तथा प्राविधिक सहयोगमा ग्रामीणा भेगमा क्षमता अभिबृद्धि तथा सीपमुलक विभिन्न तालिमहरु प्रदान गर्ने उल्लेख छ ।

त्यसैगरी महिला जागरणा, आयआर्जन तथा महिला सशक्तिकरणका कार्यक्रमहरु संचालन गर्ने, गाउँपालिकाले उत्कृष्ठ व्यवसायी तथा कृषकहरुलाई अनूदान प्रदान गर्ने तथा आपसी सहकार्यमा भएको परियोजनाहरुलाई नमूना परियोजनाको रुपमा बिकसित हुने गरी कार्य गर्ने सहमति गरिएको बताइएको छ ।

उक्त कार्यक्रममा गाउँपालिकाको तर्फबाट उपाध्यक्ष खरमाया बिटालू र प्रशासकीय अधिकृत बूद्धिराम उपाध्याय तथा जनसेवी लघुवित्तका तर्फबाट नायव कार्यकारी अधिकृत फणिन्द्र पाण्डे र सहायक प्रवन्धक हर्षबहादूर स्याङ्तानको उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.