रोपाइँ योग्य १ लाख ९१ हजार हेक्टर जमिन बाँझै, ८६ प्रतिशतमात्र सम्पन्न

  २०७६ साउन २१ गते १९:०१     विकासन्युज

काठमाडौं । साउनको तेश्रो हप्ता सकिँदा १ लाख ९१ हजार २१८ हेक्टर जमिन बाँझो रहेको छ । यस वर्ष कुल १३ लाख ७१ हजार ७०६ हेक्टर खेतियोग्य जमिन भएपनि हालसम्म ११ लाख ८० हजार ४८८ हेक्टरमा मात्र रोपाइँ सम्पन्न भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जानकारी दिएको छ ।

हाल सम्म देशभरि कुल ८६.०० प्रतिशत रोपाई सम्पन्न भएको छ । गतवर्षको तुलनामा हाल ३.६२ प्रतिशत रोपाइँ कम भएको तथ्याङ्ग कृषि मन्त्रालयले सार्वजनिक गरेको छ ।

प्रदेशगत रुपमा रोपाइँलाई हेर्ने हो भने सबै भन्दा बढी सुदूर पश्चिम प्रदेशमा हालसम्म ९५.३३ प्रतिशत रोपाइँ सम्पन्न भएको छ  भने गत ९८.५६ प्रतिशत भएको थियो । १ लाख ६४ हजार ६३९ हेक्टर क्षेत्रफल मध्ये १ लाख ५६हजार ९४९ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, यस समयमा गतवर्ष १ लाख ६२ हजार २७४ हेक्टरमा सम्पन्न भएको थियो ।

त्यस्तै कर्णाली प्रदेश ९४.१० प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष ९९.५५ प्रतिशत ३८ हजार ३८५ हेक्टर खेतियोग्य जमिनमा ३६ हजार १२२ हेक्टरमा रोपाइँ सम्पन्न भएको थियो ।

यस वर्ष प्रदेश नं. ५ मा ८८.८६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गत वर्ष ९९.३८ प्रतिशत भएको थियो । ३ लाख ०३ हजार ५९३ हेक्टर मध्ये २ लाख ६९हजार ७७४ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ भने गतवर्ष २ लाख ७७ हजार ४२१ हेक्टर जमिनमा रोपाइँ भएको थियो ।

प्रदेश नं. ३ मा ८८.६७ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो समयमा ८९.३६ प्रतिशत भएको थियो ।  १ लाख १५ हजार २९५ हेक्टर रोपाइँ योग्य जमिनमा हाल १ लाख ०२ हजार २२७ मा रोपाइँ सम्पन्न भएको छ,  गत वर्ष १ लाख ०३ हजार ०२४ हेक्टरमा भएको थियो ।

गण्डकी प्रदेश हाल सम्म ८६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ, गतवर्ष यो अवधिमा ९६.५९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । १ लाख ०८ हजार २७८ हेक्टर जमिन मध्ये ९३ हजार ७५६ हेक्टरमा रोपाइँ सकियो भने गत वर्ष १ लाख ०४ हजार ५८४ हेक्टर जमिनमा रोपाइँ भएको थियो ।

प्रदेश नं. २ मा गतवर्ष साउन महिनाको १८ गतेसम्म १०७.३२ प्रतिशत रोपाइँ भएको थियो भने हाल ८१.९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । गतवर्ष ३ लाख ९२ हजार ३७७ हेक्टर रोपाइँ भएपनि यस वर्ष ३ लाख ६५ हजार ६१५ हेक्टर मध्ये २ लाख ९९ हजार ७७६ हेक्टरमा मात्र रोपाइँ भएको छ ।

त्यस्तै सबै प्रदेशको तुलनामा प्रदेश नं. १ मा सबैभन्दा कम ८०.१३ प्रतिशत सम्पन्न रोपाई सम्पन्न भएको छ । गतवर्ष ८६.२९ प्रतिशत रोपाइँ भएको थियो । धान रोपाइँ हुने क्षेत्रफल २ लाख ७५ हजार ९०१ जम्मा धान रोपाइँ २ लाख २१ हजार ०८७ हेक्टरमा गत वर्ष २ लाख ३८ हजार ०८५ हेक्टरमा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.