झापाको हलदीबारीमा सनराइज बैंकको ३८ औं शाखारहित बैंकिङ्ग सेवा

  २०७६ साउन २१ गते १८:४४     विकासन्युज


काठमाडौँ । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पुर्याउँदै जाने क्रममा झापा जिल्लाको हलदीबारी गाउँपालिका वडा नं २, मा ३८ औं शाखा रहित बैंकिङ्ग सेवाको सुरु गरेको छ ।

हलदीबारी गाउँपालिकाका अध्यक्ष रबिन्द्र लिङ्घदेन र बैंकको प्रादेशिक कार्यालय १ प्रमुख विवेककुमार निरौलाले एक समारोहका बीच हलदीबारीमा शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन गरे ।

सो समारोहमा हलदीबारी गाउँपालिकाको अध्यक्ष रबिन्द्र लिङ्घदेनले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट/प्रतिनिधि सर्बधन तामाङ्लाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.