कामना सेवाको नारायणगढ शाखा स्थानान्तरण

  २०७६ साउन २१ गते १८:१७     विकासन्युज

काठमाडौँ । कामना सेवा विकास बैंक लि.को चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं. ३, स्थित नारायणगढ शाखा कार्यालय मंगलबार स्थानान्तरण भएको छ ।

हाल सञ्चालित भवनसंगै जोडिएको पूर्वतर्फ रहेको भवनमा स्थानान्तरण भई कारोबार शुभारम्भ गरेको हो । भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीज्यूले उक्त शाखाको कारोबार शुभारम्भ गरिन् ।

स्थानान्तरण भई कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भीमप्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रीय प्रमु्ख सुरेन्द्र भण्डारी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.