अशक्त आनन्दको परिश्रमः ‘न हात न खुट्टा, कोर्छन् आकर्षक बुट्टा’

२०७६ साउन २१ गते १६:३३ सन्तोष रोकाया


काठमाडौँ । प्लिज लुक माई आर्ट, प्लिज हेल्प मी, गिभ मी द डोनेशन एण्ड आई सेल दिस पिक्चर । काठमाडौको रत्नपार्क पुग्दा यी आवाज तपाईँले पनि पटक पटक सुन्नु भएको छ ।

रत्नपार्कको फुटपाथमा यी आवाजहरु पटक पटक गुञ्जिरहन्छ । यही आवाज परिवार केही मानिसका जमातले घेरिएको हुन्छन् एकजना युवक । छेउमै बैशाखी, बैशाखीको नजिकै बिभिन्न रङ्गका कलमहरु, त्यसैको दायाँपट्टी उनले कोरेका विभिन्न आकृतिका चित्रहरुको संगालो, बायाँपट्टी सहयोग गुहार मागिरहेको स्पिकर, र त्यसैको सामुन्ने पैसा राख्ने बास्केट । तिनै सामानहरुको बीचैमा बसेर चित्र कोर्न ब्यस्त देखिन्थे हातखुट्टाविहीन एक युवक ।

दुवै हात र एक खुट्टाविहीन ती युवा आनन्द पासवान हुन् । हातखुट्टाविहीन आनन्दको चित्र कोर्ने कला देखेर तपाईँ हामी जो कोहीपनि छक्क पर्छौँ । काठमाडौंमा माग्नेहरुको संख्या उल्लेख्य छ । हातखुट्टा हुँदा हुँदै पनि पैसा माग्दै भाँडो थाप्नेहरु सयौं छन् राजधानीमा । तर, अन्य माग्नेहरु र आनन्द पासवानलाई हेर्ने नजर बेग्लै देखिन्छ ।

२१ वर्षीय आनन्द पासवानको घर भारतको बिहार हो । तर, उनको परिवार विगत ४०-५० वर्षदेखि नेपालमा बस्दै आएको छ । जन्मजातै अपाङ्गता भएका आनन्दको कलाले भने अचम्म कै छ । न हात छन्, न खुट्टा छन् । तर चित्र र विभिन्न आकारका बुट्टाहरु भने सुन्दर सुन्दर । उनका ती चित्रहरु सुन्दर मात्र होईन मनमोहक र आकर्षक पनि छन् । नामका आनन्द कामले भने कहिल्यै आनन्द हुन सकेनन्् । किनकी उनी आफैमा अपाङ्ग, त्यसैमाथि घरको सम्पूर्ण जिम्मेवारी उनीमाथि नै छ ।

६ वर्षदेखि सडकमा
६ वर्षको उमेरमा कत्तिले त आमाको दूध पनि छोडेका हुँदैनन् । घरबाट बाहिर निस्कदैनन्, भर्खर विद्यालय जान शुरु गर्छन् । तर, आनन्द पासवानको हकमा भने त्यो अवस्था लागु हुन सकेन । त्यतिखेर उनको दैनिकी सडकको धुलोमाटो र गिट्टी वालुवासँग रम्थ्यो । दिनभरीसडकमा हिँड्ने बटुवाहरुबाट मागेर दैनिकी गुजार्थे । हुन् त उनका बुवा पनि थिए घरपरिवार चलाउने । तर, उनका बुवा धेरै रक्सी खाएका कारण त्यति काम गर्न नसकेको उनी बताउँछन् ।

यसरी नै उनको दैनिकी बित्न थाल्यो । उनलाई साथैदेखि चित्र कोर्ने रुचि थियो, तर त्यो सामाथ्र्य भने उनमा थिएन । किनकी चित्र कोर्नका लागि केही सामाग्रीहरुको आवश्यकता पथ्र्यो । ती सामाग्री खरिद गर्न सक्ने पनि उनको हैसियत थिएन । उनी आर्थिक अभावमा पिल्सिएका थिए । एकातिर उनको चित्र कोर्ने इच्छाले उनलाई उत्प्रेरित र उत्साहित गथ्र्यो भने अर्कातर्फ आर्थिक अभावले निरुत्साहित बनाउँथ्यो ।

एकदिन उनले जसोतसो मागेको पैसाबाट केही चित्र कोर्ने सामानहरु खरिद गरेर शुरु गरे चित्र र बुट्टाहरु कोर्ने काम । शारीरिक रुपमा अपाङ्ग, त्यस्तो व्यक्तिले आकर्षक चित्रहरु कोरेको देखेर मानिसहरु उनीप्रति आकर्षित हुँदै गए । कोहीले उनका चित्र खरिद गरेर त कोहीले केही पैसा उनलाई दिएर जान्थे । यसरी नै उनको दैनिकी बित्दै गयो ।

अहिले उनी २१ वर्षको हुँदा सम्म पनि त्यही ठाउँमा छन् । त्यही काम गरिरहेका छनु् । शिक्षाको नाममा उनलाई विद्यालय कस्तो हुन्छ थाहा छैन । तर घरमै स्व–अध्ययन गरेर उनले केही अंग्रेजी भाषा र शब्दहरु जानेका छन् ।

उनी भन्छन्, जाँडरक्सी पिएकै कारण मृगौला फेल भएर ६÷७ वर्ष अगाडि उनका बुवाको मृत्यु भयो, ‘बुवाको मृत्यु भएसँगै घरको सबै जिम्मेवारी थपिएको बताउँछन् । हुन् त आनन्दका २ दाजु र १ दिदी पनि छन् । तर दाजुहरु के गर्छन्, कहाँ छन् उनलाई अत्तोपत्तो छैन । अहिले उनीसँग उनकी आमा, श्रीमती र एक पाँच महिनाकी छोरीपनिछन् । अहिले आनन्द दिनभर सडकमै बसेर चित्र बनाउँछन् ।

दैनिक पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी
आनन्द पासवान दैनिक २० देखि २५ वटा चित्रहरु कोर्छन । उनी चित्रका साथसाथै केही सुनौला बुट्टाहरु पनि कोर्छन् । दैनिक चित्रहरु कोरेर पाँच सयदेखि पन्ध्र सयसम्म आम्दानी गर्ने गरेको उनी बताउँछन् । चित्रहरु बिक्री भयो भने कमाई हुन्छ, नत्र मान्छेहरुले त्यहि बास्केटमा राखेको पैसा लिएर साँझ घर जान्छु, उनले भने,–‘घर मेरो भरमा चलेको छ ।’ आनन्द शारीरिक रुपमा अशक्त अपाङ्ग/अशक्त भएपनि आफ्नो सबै काम आफँै गर्न सक्छन् । उनी आफुलाई चित्रहरु कोर्दा चाहिने सक्पूर्ण सामानहरु झोलामा हालेर बैशाखी टेक्दै ल्याउने लैजाने गर्छन ।

हातखुट्टा भएरपनि देशमा काम छैन भनेर बेकामे बन्नेहरुका लागि आनन्द गतिला उदाहरण बनेका छन् । उनी भन्छन्,‘मेरो न हात छन् न खुट्टा छन्, तर म मेरो परिवारलाई सन्तुष्ट बनाउने प्रयास गरिरहेको छ । संघर्ष गरेर काम गर्यो भने अवश्य सफलता हात लाग्छ । उनी भन्छन्–‘मैले विद्यालय नगएरै स्व–अध्ययन गरेर अहिले यतिको काम गर्न सक्ने भएको छु ।’ कुनै सीप सिकेर त्यसैमा लागि रह्यो भने सफलता हासिल गर्न सकिने उनी बताउँछन् ।