९.६६ अंकले घट्यो नेप्से, सबै सूचक राताम्मे

  २०७६ साउन २१ गते १५:४३     विकासन्युज


काठमाडौ । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से परिसूचकमा ९.३६ अंकले गिरावट आएको हो । ०.७५ प्रतिशतले घट्दा नेप्से परिसूचक १२४५.७३ बिन्दुमा पुगेको छ । सेयर बजारमा मंगलबार १६९ कम्पनीले कारोबार गरेका छन् । १४ लाख ४९ हजार ६ सय ९७ कित्ता किनबेच हुँदा ४५ करोड ७ लाख ५५ हजार १ सय ८२ रुपैयाँको कारोबार भएको छ ।

बजार घटेको दिन नेप्सको सबै समूहका सूचक राताम्ये देखिए । बैंकिङ समूह ९.३६, ट्रेडिङ समूह १.६९, होटल समूह २५.८८, विकास बैंक समूह ५.२१, जलविद्युत समूह ६.८३, वित्त समूह ४.७७, निर्जीवन बीमा समूह ४०.९७, उत्पादनमूलक समूह ३९.६४, अन्य समूह १.६, माईक्रोफाइनान्स २१.०९, जीवन बीमा समूह ६.११ र म्यूचुअल फण्ड समूह ०.०९ अंकले घटेका छन् ।

जोशी हाइड्रो पावर कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी २ प्रतिशतले नाफा आर्जन गरेका छन् भने सर्पोट माईक्रो फाईनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.