टाटा मोटर्स कार्निभल सम्पन्न, बुकिङ भए १०३ थान नयाँ गाडी

  २०७६ साउन २० गते १९:२३     विकासन्युज


काठमाण्डौं । नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले हरेक बर्ष आयोजना गर्दै आएको कार मेलालाई यस बर्ष टाटा मोटर्स कार्निभलका रुपमा सम्पन्न गरेको छ । उक्त कार्यक्रम मार्फत विभिन्न मोडलका १०३ थान नयाँ गाडी बुकिङ्ग भएको कम्पनीले जनाएको छ ।

टाटा मोटर्सको शोरुम थापाथली काठमाण्डौंमा भव्यताका साथ सम्पन्न कार्यक्रम सम्पन्न गरेको कम्पनीले जानएको छ । उक्तकार्निभल ४ दिन सम्म चलेको थियो । बार्षिक रुपमा आयोजना हुने यस्ता कार्यक्रमहरुमा ग्राहकहरु र सर्वसाधारण ब्यक्तिहरुका लागि गाडी हेर्न र किन्नका लागि यो कार्यक्रम प्रभावकारी हुने जनाइएको छ । यस अवधिमा कम्पनीले प्रदान गर्ने बिभिन्न अफरहरु र विशेष छुट प्रति आकर्षित भई लाभ समेत लिएका छन् ।

यो कार्यक्रमले सुस्ता भइरहेको अटोमोबाइल बजारलाई जागरुक बनाएको टाटा मोटर्स लिमिटेडका कन्ट्री म्यानेजर अजितनारायण सिंहले बताए । आजको प्रतिष्पर्धी बजारलाई ध्यानमा राखी बजारमा रहेको भन्दा फरक र आकर्षक छुट, अन्तराष्ट्रिय स्तरका उत्पादन र सेवा उपलब्ध गराई ग्राहकहरुलाई पूर्णरुपमा सन्तुिष्ट र लाभ प्राप्त भएको सिप्रदी ट्रेडिङ प्रालिका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.